कृषि बैंक, आइएफसी र कर्जा सूचनाबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) तथा कर्जा सूचना केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ ।

वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढंगले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणाली थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने बैंकको अपेक्षा छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा आइएफसी प्रतिनिधिबीच भएको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ, योजना तथा परियोजना विभागका विभागीय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?