कोरिया र युएई यू-१८ रग्बी च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले पहिलोपटक आयोजना गरेको यू-१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनल खेलमा दक्षिण कोरियाले युएईलाई २१-१७ स्कोरले पराजित गर्दै पहिलो भएको हो । त्यसअघि भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९-७ तथा युएईले भारतलाई ३६-० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा मलेसिया तेस्रो भयो । मलेसियाले भारतलाई ३६-६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेईले थाइल्याण्डलाई १९-० ले पन्छाउँदै पहिलो भयो । ताइपेईले नेपाललाई ३४-७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३-० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

विभिन्न आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौँ स्थानमा रहृयो । सातौँ स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९-० को सहज जित दर्ता ग¥यो । महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौती २६-५ ले समाप्त पार्‍यो । मलेसियाले थाइल्याण्डलाई १९-७ ले हराउँदै तेस्रो भयो ।

महिलामा नेपालसहित पाँच राष्ट्र सहभागी थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाई, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?