पोखरा । मंगलबार बिहानदेखि राखिएको पोखरा महानगरको मतगणना करिब ८ घण्टापछि पुनः सुरु भएको छ । पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मत भन्दा गन्दा कम भएपछि एमालेले अवरोध गरेको हो ।
यहाँ एमाले उम्मेदवार ३ मतले पराजित भएका छन् । तर मत खसेको भन्दा बाकसमा ९ कम भयो । एमालेले उक्त ९ भोट आफ्नो भएको दाबी गर्दै गणनाबाट बीचैमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो ।
लगातारको प्रयास र छलफलपछि कानुन अनुसार उक्त वडाको मतबारे निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले अरू बाँकी वडाको गणना सुरु गरेको हो । अहिले एमाले पनि सहभागी भएको छ । एमालेले पुनः मतगणनाको माग गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका