नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

मंगलबार हुने फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?