उपराष्ट्रपति निर्वाचन : एमाले अध्यक्ष ओलीद्वारा मतदान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार उपराष्ट्रपति पदका लागि मतदान गर्नुभएको छ ।

यस अघि प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत मतदान गरिसक्नु भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिनुभएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?