काठमाडौं । नेपाल सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको हो ।
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख माग गरेपछि ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा शहीदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो ।
जसमा ८ हजार ३७१ जनाको नाम समावेश छ । जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय शहीदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय शहीदको मान्यता पाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच