काठमाडौं । अर्थ मन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लगानी कोषले सञ्चालन गरेको अनलाइन प्रणाली विकासले कोषको कारोबारमा सहजता आएको बताउनुभएको छ । शनिबार कोषको ३३औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै उहाँले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको र अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण पनि बढ्दोक्रममा रहेको बताउनुभयो ।
कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कार्य गरिरहेको बताउनुभयो । उहाँले आगामीे दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणलगायतका उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुससम्म कोषको खुद बचत परिचालन रकम दुई खर्ब छ अर्ब १९ करोड रुपैयाँ रहेकोमा सो अवधिमा कोषले दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको जानकारी दिनुभयो । कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनालाई उच्च प्राथमिकता दिँदै आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रलाई प्राथमिकता दिँदै जाने उहाँले बताउनुभयो ।
साथै कार्यकारी निर्देशक नेपालले कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्था आबद्ध गर्न र ती संस्थाको दीर्घकालीन दायित्व व्यवस्थापन गर्न, गराउन सेवाग्राही नजिक पुग्ने उद्देश्यले काठमाडौंबाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय सञ्चालन गरिसकिएको जानकारी दिनुभयो ।
कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देवनारायण गुरागार्इंले कोषले गर्नुपर्ने विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा २० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ट कर्मचारीलाई सम्मान प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच