एमालेको प्रश्न : संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री हुँदाहुँदै किन अन्य मन्त्रीलाई पेस गर्न लगाइयो ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न रुलिङ माग गरेको छ ।
आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले बिरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रश्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो भन्ने औचित्य पुष्टि गर्न माग गर्नुभयो । उहाँले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसदको गरिमालाई अवहेलना गर्नु रहेको बताउनु भयो । उहाँले सरकारले संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यस बारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो संसदको गरिमा त्यसबेलासम्म रहन्छ जब सरकार जन्माउने यो संसदलाई प्रधानमन्त्रीले, सरकारले महत्व दिन्छ । यो संसदभित्र विधेयक प्रश्तुत गर्ने प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले प्रश्तुत गर्ने विधेयकलाई अर्को मन्त्रीलाई ट्रान्सफर गर्नुको औचित्य के हो ? यो भनेको संसदको गरिमालाई अवहेलना गर्नु हो । यो संसदले सरकार जन्माउँछ । बहुमत र अल्पमतको आधारमा सरकार बन्छ । संसदमा उठेका कुराहरुको सरकारबाट रेस्पोन्स खै ? यत्रो दिन भइसक्यो संसद चलेको ? यी कुनै विषयमा सरकारले जवाफ दिएको छैन, सभामुख महोदयले प्रधानमन्त्रीलाई यी सबै कुराको उत्तर दिन र यो विधेयक प्रधानमन्त्रीलाई नै प्रश्ुतत गर्न लगाउन रुलिङ होस् ।’
त्यस्तै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विषय प्रधानमन्त्रीले प्रश्तुत गर्नुपर्ने विषय हो । प्रधानमन्त्री यहाँ नै भएपछि उहाँले प्रश्तुत नगरी अर्को मन्त्रीलाई प्रश्ततु गर्न लगाउनुको औचित्य के हो ? प्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ, सभामुखज्युले प्रधानमन्त्रीलाई नै विधेयक प्रश्तुत गर्नुपर्छ ।’
सांसद भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य पुष्टि गर्न चुनौति दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?