सुकुम्वासीहरुको महानगरपालिका कार्यालय अगाडी बिरोध प्रदर्शन (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा बिरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

महानगरपालिकाको कदमप्रति सुकुम्वासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरु घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुम्वासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।

‘भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको बिरुद्ध बृहत खबरदारी र्‍याली’ नाम दिइएको बिरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुम्वासी संवद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरुको नाममा बिरोध प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?