कर्णालीलाई विश्व बैंकले ९८ करोड दिने

Read Time = 2 mins

काठमाडौं । विश्व बैंकले नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा खानेपानी आपूर्ति तथा सरसफाइ सेवा सुधारका लागि आठ करोड डलर अर्थात् ९८ करोड ६६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश मानिसहरू गरिबीको रेखामुनि रहेका छन् । जलवायु परिवर्तनबाट प्रत्यक्षरूपमा प्रभावित भएका कारण उनीहरूको जीवनस्तर वृद्धि गर्न विश्व बैंकले उक्त सहयोग गर्ने भएको हो ।

परियोजनाको उद्देश्य संघीयताको मर्मअनुरूप पालिकाका माध्यमबाट दुर्गम क्षेत्रमा खानेपानी तथा सरसफाइको व्यवस्था गर्नु र दुर्गम क्षेत्रका मानिसको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नु रहेको विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड जर्भाेसले बताउनुभएको छ ।

नेपाल सरकारले सञ्चालन गरेको खानेपानी तथा सरसफाइ कार्यक्रमलाई परियोजनामार्फत् थप प्रभावकारी, समतामूलक ढंगबाट अघि बढाइने जलस्रोत विशेषज्ञ तथा यस परियोजनाकी प्रमुख फेरिहा मुकुवे मुगिसाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?