सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनताका निराशा छायो : खिमलाल भट्टराई

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताउनु भएको छ ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उहाँले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाउनु भयो ।

‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका काराण जनतामा निराशा र असन्तुष्टी आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ उहाँले भन्नुभयो ।

धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताको आक्रोस नबढोस्, चिन्ताको विषय यो हो ।’

सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?