ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीप्रति स्थानीयको गुनासो, अनसन बस्ने चेतावनी (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार ललतिपुरको ग्वार्कोमा निर्माणधिन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए । फ्लाइओभरको निरीक्षण र स्थानीयहरुलाई साथ दिन पुग्नुभएका वागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताउनु भयो ।

उहाँले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकारभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराउनु भयो । उहाँले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरुलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गर्नुभयो । उहाँले जेठ मसान्तसम्म सक्ने प्रतिवद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभ्र निर्माणस्थलमै अनसन बस्न बाध्य हुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो परियोजना साह्रै नै ढिलासुस्ती भयो । यो नभइ नहुने परियोजना हो । यो परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकारभरकै ट्राफिक प्रणालीमा असर पारेको छ । स्थानीय जनतालाई दैनिक जीवन पनि सहज बनाइ चल्न सकेका छैनन् । तीन सिफ्टमै काम गरेर र एक्शन प्लान बनाएर जेठ मसान्तसम्म सक्ने भन्ने जुनक खालको प्रतिवद्धता गर्नुभएको छ, त्यही अनुसार काम भएको छ की छैन भनेर निरीक्षण गर्न आएका हौँ । असारको पहिलो हप्तास्म्म यहाँबाट गाडी गुडाउँछौँ, भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यो अुनसारको काम भइरहेको छैन भन्ने हामीलाई लाग्छ ।’

यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ । चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?