इ-स्पोर्ट्स टिम आउदी प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालको इ-स्पोर्ट्स टिम डिआरएस गेमिङ पब्जी मोबाइलको प्रतिष्ठित प्रतियोगिता पिएमडब्लुआई खेल्न साउदी अरेबिया प्रस्थान गरेको छ । भोटिङबाट प्रतियोगितामा छनोट भएको डिआरएस गेमिङ टिम शनिबार साउदीतर्फ प्रस्थान गरेको हो । यस प्रतियोगिताको पहिलो राउण्डमा १८ वटा टिमसँग प्रतिस्पर्धा हुनेछ । जसको पुरस्कार राशि एक मिलियन डलर रहेको छ ।

यस प्रतियोगितामा सहभागिताको मात्र टिमले १५ हजार डलर प्राप्त गर्नेछ । यसमा अलस्टार राउण्डको शीर्ष ६ भित्र पर्ने टिमले मुख्य स्पर्धा खेल्न पाउनेछ । मुख्य स्पर्धाका लागि १० टिमको छनोट भइसकेको छ । अलस्टारका शीर्ष ६ टिम गरी १६ टिमले अन्तिम स्पर्धामा भाग लिनेछन् ।

मुख्य स्पर्धाको पुरस्कार राशि भने दुई मिलियन डलर रहेको छ । अन्तिम स्पर्धामा छनोट भएका टिमले कम्तीमा २५ हजार डलर प्राप्त गर्नेछन् ।

नेपाली टिम डिआरएसले सुरुमा अलस्टार राउण्ड खेल्नेछ । सो राउण्ड जुलाई ११ देखि १३ सम्म चल्नेछ । यस राउण्डको शीर्ष ६ भित्र परेको खण्डमा डिआरएस अन्तिम चरणमा छनोट हुनेछ । अन्तिम चरण जुलाई १४ देखि १७ सम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?