प्रदेशकै दोस्रो सर्वाधिक राशीको सुर्यनगर गोल्डकप २९ माघदेखि

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । लुम्बिनी प्रदेशकै दोस्रो सर्वाधिक पुरस्कार राशीको ८ औं सस्करणको सुर्यनगर गोल्डकप माघ २९ गतेबाट सुरु हुने भएको छ ।

पश्चिम् नवलपरासीको वडा नम्बर १६ मा रहेको नव युवा क्लबको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सुर्यनगर गोल्डकप सञ्चालन हुँदै आएको छ । यस पटकको प्रतियोगितामा कुल ८ टिमको सहभागीता रहने आयोजक क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगर क्षेत्रमा आधुनिक खेल मैदानको रुपम सुर्यनगर रङ्गशालाई अगाडी बढाउदै लगिएको उल्लेख गर्दै दक्ष खेलाडी उत्पादनका लागि समेत नगरले विभिन्न बिधागत खेलकुदका कार्यक्रमलाई प्रोत्साहन गरिदै आईएको बताउनु भयो ।

स्थानिय स्तरमै दक्ष खेलाडी उत्पादन मात्र नभै सुर्यनगर गोल्ड कपले नगर सगै समग्र जिल्लालाई नै परिचित बनाउन सफल भएको बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष भिमकाजी गुरुङले बताउनु भयो । सुर्यनगर गोल्डकप बर्दघाट नगरको चिनारिसग जोडिएको गुरुङले बताउनु भयो ।

ए डिभिजन लिगक राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी हरुको सहभागिता हुने उक्त फुटबल प्रतियोगिताका संचालनका लागी झन्डै ५० लाख रकम लाग्ने क्लबला अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाको १० लाख र अन्य ब्यवसायी, स्थानीय र संघसस्थाबाट बाकी सहयोग प्राप्त हुने आयोजकले जनाएको छ । प्रथम हुने टिमले नगद ५ लाख र द्वितीय हुने टिमले रु तीनलाख हात पार्ने छन् ।रंगशाला निर्माण र स्तरोन्नतिका लागि नगर र लुम्बिनी प्रदेश सरकारले समेत बजेट उपलब्ध गराउदै आईरहेको छ ।

पन्ध्र हजार दर्शकले खेल अवलोकन गर्ने आयोजक को अपेक्षा छ । फागुन ७ गते गोल्डकपको समापन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?