सर्लाही । बागमती नगरपालिका वडा नम्बर ४ स्थित जिरायतमा एक वृद्धाको हत्या भएको छ । स्थानीय वैजु महतोकी श्रीमति ७० वर्षीया पार्वती कुमारी महतोको हत्या भएको हो । मंगलबार साँझ सबा ६ बजे आफ्नै घरमा हत्या भएको अवस्थामा पार्वतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार राती नै जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) दयानिधी ज्ञवाली, ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक(ईन्स्पेक्टर) अनिल राज गिरी लगायत सुरक्षा अधिकृतहरु घटनास्थल पुगेर अनुसन्धान सूरु गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा आज (बुधबार) बिहान स्थानीय एक युवकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको एसपी ज्ञवालीले जानकारी दिए ।
नजिकै रहेको ‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट घटनामा संलग्न भएको आशंकामा २८/२९ वर्षीय एक युवकलाई पक्राउ गरी आवश्यक सोधपुछ एवं थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हत्या घटनाबारे विस्तृत विवरण भने एकीन हुन बाँकी रहेको एसपी ज्ञवालीले जानकारी दिए । मृतकको अनुहारमा चोट देखिएको तथा शव नजिकै रगत लागेको काठको टुक्रा समेत प्रहरीले बरामद् गरेको छ ।
मृतक पार्वतीको शव पोष्टमार्टमका लागि मंगलबार राती नै सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय हरिवनका ईन्स्पेक्टर गिरीले जानकारी दिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच