सिभिलको डिजिटल बैंकिङ अभियान

Read Time = 1 min

काठमाडौं । सिभिल बैंकले डिजिटल सुदूरपश्चिमको थालनी सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरबाट गरेको छ । धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको उपस्थितिमा भएको हो ।

र्यक्रममा राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. ढुंगाना तिम्सिनाले पानीपुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबार डिजिटलरूपमा क्युआर कोडमार्फत् भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले डिजिटल सुदूरपश्चिम अभियान साकार पार्न डिजिटल इकोसिस्टमकै विकास गर्नुपर्ने बताउनुभयो । सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगदरहित अभियान हाल देशका दुर्गमदेखि प्रमुख शहर गरी ४० हजारभन्दा बढी क्युआर मर्चेन्ट आबद्ध गरिसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?