झापा । सभामुख देवराज घिमिरेले गलत औसधिले मानव स्वास्थ्य पार्ने असरभन्दा झूटो समाचारले समाजमा पार्ने असर सयौँ गुणा खतरा हुने बताउनु भएको छ। सकारात्मक समाचारमा जोड दिँदै उहाँले अहिलेको चुनौतीको सामाना गर्न सक्ने तागत पत्रकारितामा मात्रै रहेको धारणा राख्नुभयो ।
‘स्वतन्त्रता प्राप्ति र व्यवस्था परिवर्तनमा पत्रकार जगतको गौरवशाली इतिहास छ’ बिर्तामोडमा सोमबार नेपाल पत्रकार महासंघ झापाको १४ औँ अधिवेशनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘अहिले राजनीतिक नेतृत्वप्रति वितृष्णा पैदा भएको छ, पत्रकारले सही बाटो देखाउन सक्नुपर्छ ।’
उहाँले राजनीतिप्रति जागेको वितृष्णा हटाएर मुलुकलाई सही पथमा डोहोर्याउन पत्रकारले मात्रै सक्ने ठोकुवा गर्नुभयो ।मुलुकमा राजनैतिक प्रतिकुलता रहेको उल्लेख गर्नु भएका उहाँले समस्याको सही समीक्षा गरेर अनुकुल वातावरण निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
नेपाली पत्रकारिताप्रति निक्कै आशावादी देखिनु भएका र भरोसा गरेको अभिव्यक्ति दिनुभएका सभामुख घिमिरेले प्रतिकुलतालाई चिरेर मुलुकलाई सही मार्गमा हिँडाउन नेपाली पत्रकार सक्षम भएको विश्वास व्यक्त गर्नुभयो ।
नेपाली पत्रकारिताको उत्थान र प्रगतिमा झापाली पत्रकारको अहम् भूमिका रहेको उल्लेख गर्नु भएक उहाँले त्यो गौरवपूर्ण इतिहासलाई जोगाइ राख्न झापाली पत्रकारको दायित्व भएको बताउनुभयो । ‘पत्रकारिता मात्रै होइन नेपाली राजनीतिमा नै झापाको अग्रणी र नेतृत्वदायी भूमिका कायम छ’ उहाँले भन्नुभयो, ‘दुई ठुला दलको नेतृत्व त्यसको प्रमाण हो ।’
उहाँले संघीय र प्रदेश संसद दुबै ठाउँमा झापालीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सुनाउनु भयो । संघीय संसदमा झापा १ का सांसद विश्वप्रकाश शर्माले निर्वाह गरेको भूमिकाको उहाँले खुलेर प्रशंसा गर्नुभयो। सभामुख घिमिरेले १ करोडभन्दा बढीको अक्षयकोष स्थापना गरेको भन्दै महासंघ झापाको खुलेर प्रशंसा गर्नुभयो ।
विभिन्न पुरस्कर र दीर्घसेवी सम्मान समर्पण गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी लगायतले आआफ्नो धारणा राख्नु भएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच