पाल्पामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पााको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मसारस्थित हार्थोक –सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिदां पैदलयात्री मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्युु भएको हो ।

आइतबार विहान सिद्धेश्वर खानीबाट चुनढुुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्वरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो । बाटोमा हिडिरहेका उनलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

टिपर र टिपर चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?