पेरिस । फ्रेन्च लिग वान फुटबलको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा रेनेससँग २-० ले स्तब्ध बनेको हो ।
खेलमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले १-१ गोल गर्नुभयो । खेलको पहिलो हाफको इन्जुरी समयमा कार्ल टोको एकम्वीले गोल गर्दै रेनेसलाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि ४८औँ मिनेटमा एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गर्दै पिएसजीलाई स्तब्ध पार्नुभयो ।
लियोनेल मेस्सी र केलियन एम्बाप्पेले सुरुवातदेखि नै खेले पनि पिएसजीलाई जोगाउन सक्नुभएन । यस हारका बाबजुद पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत् रहेको छ । पिएसजीलाई हराएको रेनेस ५० अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ ।
यता, बायर्न म्युनिख जर्मन पनि बुन्डेसलिगामा बायर लिभरकुसनसँग २-१ गोलअन्तरले पराजित भएको छ । बायर लिभरकुसेनको जितमा दुवै गोल एक्सिक्यल पालासिओसले गर्नुभयो । बायर्नका योसुवा किम्मिखले गरेको गोल सान्त्वना बन्यो ।
बुन्डेसलिगामा बायर्नको यो तेस्रो हार हो । यसअघि बायर्न अग्सवर्ग र बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको थियो । यस हारले बायर्नले शीर्षस्थानमा उक्लने मौकासमेत गुमाएको छ । बायर्न २५ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । समान खेलबाटै बोरुसिया डर्टमुन्ड ५३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बायर्नलाई हराएको बायर लिभरकुसन ३७ अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले क्रिस्टल प्यालेसमाथि ४-१ को फराकिलो जित निकाल्यो । आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाँकाले समान एक गोल गर्नुभयो । प्यालेसका जेफरे स्कलपले एक गोल फर्काउनुभयो ।
यस जितसँगै आर्सनल शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलको २८ खेलबाट ६९ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६१ अंक छ । पराजित प्यालेस २७ अंक जोडेर १२औँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच