भर्खरै देशले नयाँ सरकार, नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाएको छ । राष्ट्रपति उपराष्ट्रपतिका क्रियाकलाप र आचरणका सम्बन्धमा कुरा गर्ने मेरो चासो छैन र त्यसमा मेरो योग्यता पनि पुग्दैन । ती दुवै पद भनेका चाहिँ निजी व्यक्तित्व आर्जन गरेर त्यहाँ पुगेर निजी व्यक्तित्वका साथ बाँच्न पाएको मैले देखिन । यो देशका पहिला राष्ट्रपति डा.रामवरण यादवलाई म राम्ररी चिन्दथेँ । उहाँ मेरो नेता र साथी दुवै हुनुहुन्थ्यो । उहाँका कैयौं विश्वास र आस्थालाई उहाँले परिष्कार गर्नुभयो/गर्नुेपरेको पनि मैले अनुभव गरेँ । विद्या भण्डारीजीले त आफूलाई चाडबाड, पर्व आदिमा समेत पुस्त्यैने त्यो पद भोगेर आएका राजारानीको झल्को आउने नै आचरण देखाउनुभयो ।
सायद इमानदार छन् कोही भने उहाँका आचरण र चालढालले गरिबको तारणहार आफ्नो पार्टीलाई ठान्नेहरूले बर्काले मुख छोप्नुपर्ने अवस्था पनि आएको अनुभव कतिपयले गरेहोला भन्ने लख काट्न सकिन्छ । यद्यपि ओलीजी जस्ता सरस्वतीको वरदान पाएका वाचाल उहाँको सहयोगी र परिचालक पनि पृष्टमा रहेको देखिएकै हो । धेरैजसो पार्टीमा शृंगाल प्रवृत्ति नै बढी हुन्छ । ठीकबेठीक छुट्याएर विवेक प्रयोग गर्न दिइँदो रहेनछ त्यो स्वतन्त्रता हुँदो रहेनछ भन्ने त नेपाली कांग्रेसले गठबन्धन नमान्नेलाई गरेका व्यवहारबाट स्पष्ट भएको छ, तापनि स्याल हुइयाँको प्रवृत्ति वाम संगठनमा अलि बढी नै हुँदोरहेछ भन्ने कुरो चाहिँ गौरवशाली महान् पार्टी र एमालेका अध्यक्षले चलाएको हाँडीघोप्टे प्रवृत्तिबाट नेपाली जनतालाई स्पष्ट भएकै हुनुपर्छ ।
प्रधान सेनापति काण्डबाहेक प्रथम राष्ट्रपति साझा र अभिभावकीय भूमिकामा रहेका नै धेरैले देखेका होलान् भन्छु । देशको तेस्रो राष्ट्रपतिका रूपमा अहिले भएका नेतामध्ये अध्ययनशील, चिन्तनशील, शुद्ध चरित्रका (आर्थिक अपचलन, भ्रष्टाचार नगर्ने/नगरेका पनि) मानिन्छन् ।
प्रधान सेनापति काण्डबाहेक प्रथम राष्ट्रपति साझा र अभिभावकीय भूमिकामा रहेका नै धेरैले देखेका होलान् भन्छु । देशको तेस्रो राष्ट्रपतिका रूपमा अहिले भएका नेतामध्ये अध्ययनशील, चिन्तनशील, शुद्ध चरित्रका (आर्थिक अपचलन, भ्रष्टाचार नगर्ने÷नगरेका पनि) मानिन्छन् । ती रामचन्द्र पौडेलका काँधमा मूलतः १, सामाजिक संस्कार परिष्कारको बाटो देखाउने । २, सार्वजनिक पदधारीले प्रदर्शन गर्नुपर्ने वैयक्तिक र सार्वजनिक आचरणको सीमा निर्धारण गर्ने । ३, राष्ट्रकै अभिभावक भनिएका व्यक्तिले पालन गर्नुपर्ने आचरण र संवैधानिक मर्यादा र पालनका दृष्टिले अब्बल देखिनसक्नु नै हुन् । किनभने अहिलेका नेपालमा सबैभन्दा खडेरीले खाएका यिनै तीनवटा कुरा हुन् ।
यसमा परिवर्तन गर्ने संकल्पका साथ हो या यत्तिकै हो रामचन्द्रजीले कुमारीको दर्शनका लागि जाँदा देखाएको सादगी जस्तै आगामी दिनमा पनि उहाँले प्रदर्शन र पालन गर्नसक्नुभयो भने नेपाली कांग्रेसका जीवनमा उहाँ र शेरबहादुर देउवाले जे जति ऐँजेरु उमार्नुभएर अनुहारै चिन्न नसकिने बनाउनुभयो त्यो परिष्कार अब गरे राम्रो हुन्थ्यो । पार्टी सभापति र अहिले बनेका राष्ट्रपति लामो सयको छलछाम राजनीति, संघर्षको राजनीति र सत्ता हत्याउने मूल्यहीन तिगडमबाजी गरेरै भए पनि अब उहाँहरू अमिर बनिसक्नुभएको छ । जे देख्यो त्यसैमा ¥याल काढ्नुपर्ने अवस्था छैन । अतः चेतना अलिकति पनि छ भने मूल्य र नीति तथा पद्धति स्थापना गर्नेतिर उहाँहरूको ध्यान गए राम्रो हुन्थ्यो नै ।
बाल्यकालमा अति भोकाएको अवस्थामा र परिस्थितिका भारले उठ्न नसक्ने भएका बेलामा धेरैजसो मान्छेले समाजमा भन्नु नहुने, आफ्नै पुर्खालाई बद्नाम गराउने र आफ्नै व्यक्तित्वलाई धुमिल गराउने काम पनि गर्दछन् । नेपाली कांग्रेसका वर्तमान नेतृत्वले संसदीय प्रजातान्त्रिक व्यवस्थालाई नसुहाउने काम गरेको देखिनेछ इतिहासलाई कालक्रमिक शृंखलामा राखेर अध्ययन गर्ने हो भने । नेताले विचार तथा विवेक पु¥याउन नसक्दा समग्र दल नै विवादमा पनि पर्नसक्छ । कहिलेकाहिँ व्यक्तिका महत्वाकांक्षाले देशले ठूलो आर्थिक हानी व्यहोर्नुपर्ने पनि हुँदोरहेछ । अबका दिनमा हुने उपनिर्वाचन र हिजो निर्वात र निर्वाचित हुन नसकेका व्यक्तिको अनुहार र तिनका क्रियाकलापलाई हेर्दा देश दलको जमिन्दारीमा रूपान्तरण भएको देखिन्छ ।
राजनीतिक दलका नेताले लाज नमान्दा देशको व्यवस्था र पद्धति नै विकलांक बनेका देखिँदारहेछन् । हिजो निर्वाचन हारेका माधव नेपाललाई प्रधानमन्त्री बन्नुपर्ने, आज जनताले अस्वीकार गरेका उपेन्द्र यादवलाई संसद्मा आउनैपर्ने बोध ठेकेदारहरूले गर्नुजस्ता दुर्भाग्यपूर्ण काम पनि अब हुँदै जाने भए । नेपाली जनताले एउटा जिम्मेवारीमा पठाएको व्यक्ति आफूखुशी अर्को महनीय पदमा जाने प्रथा पनि देखिएकै हो । संविधान बनाउँदाका सहभागीले आफू बाँचुञ्जेल बाँडीचुँडी खाने संविधानमा नै व्यवस्था गरिएको पनि देखियो । सुनिँदैछ राष्ट्रपति भएका मान्छे अब फेरि चुनाव लड्न जाने भन्ने हल्ला छ । यदि यो हो भने हामी अचम्मका बच्चा हृवौँ भन्न खोजेको अर्थ स्पष्ट हुन्छ । आजको नेपाल कमिलाले चलाएको देखिने अवस्थामा पुगेको छ ।
दलमा अन्याय थिचो मिचो हुँदाहुँदै पनि केन्द्रीय नेतृत्व स्थापित छैन । आ-आफ्ना निर्वाचन क्षेत्र केन्द्रित नेताले देश चलाउन खोज्दा देखिने गज्मौरोपना अहिलेको नेपाली राजनीतिमा देखियो । सभामुख बनेका मान्छेले राज्यको चौथो अंग मानिएको सञ्चारजगत्लाई आक्रोश व्यक्त गरेको पनि देखियो । वैयक्तिक आक्रोश, आवेग र धारणा राख्ने हो भने सार्वजनिक पदमा जाने रहर नगरे नगए भइहाल्छ नि त । त्यति पनि ख्याल गर्न नसक्नेलाई नेपाली जनताले आफ्नो भाग्य निर्माता भनेर गौरव गर्नुपरेको छ । यो सौभाग्य-दुर्भाग्य के हो ? जनता नै अल्मलिएका छन् । राजकी जिम्मेवारीमा गएपछि सामान्यतः जिम्मेवारी बढ्छ, जनताको चासो बढ्छ तर गधा नै गाई भने हुँदैन ।
नेपालमा भने ठाउँ पाएपछि गधाले पेडा खाने र गाईले सिलौटा र जाँता बोकेर धोबीघाट कुर्नुपर्ने अवस्था कहिल्यै कुनै पनि कालमा बदलिएन । बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि । साधारण जनता जो देशका असली मालिक हुन् तिनका जीवनमा कहिल्यै बिहानी आएन सधैं साँझको साँझै । साँझमा बास्न लागेका झ्याउँकिरी बास बस्नै गएनन् । पृथ्वीनारायण शाहका पालादेखि पुष्पकमल दाहालका पालासम्म जनता सधैं पीडित, अपहेलित र चिरलाञ्छित नै रहेका छन् । हिजो पनि गाउँका टाठाबाठाले सोझा सरल र इमानदारलाई छक्याउँथे, झुक्याउँथे आज पनि सरकारकै मिलेमतोमा सांसद, मन्त्री, तिनका अगुवा पछुवा र प्रजिअ, शाखा अधिकृत आदि जसले देशका विभिन्न निकाय र तहमा बसेर देश र जनताको काम गर्नुपर्ने हो तर त्यो भएको देखिएन ।
सबै आ-आफ्नो दुनु सोझ्याउनमात्रै लागेका छन् प्रधानमन्त्रीदेखि प्रहरी हबल्दारसम्म । वर्ष-वर्ष दिनमा गर्नुपर्ने विद्यार्थी युनियनको चुनाव १४ वर्षपछि हुँदा पनि सगौरव प्रस्तुत हुने कुलपति उपकुलपतिले ‘लज्जा’ भन्ने शब्दको अर्थ त बुझेका छन् ? विद्यार्थी अर्कातिर अचम्मका बच्चा बनेका छन् । जसको झोला बोकेर राजनीति गर्छौं भन्छन् तिनले नै यिनलाई बेरोज्गार, सीपविहीन बनाउँदा पनि तिनैलाई ब्रहृमा, विष्णु र महेश्वर मानेर जीवन आफ्नै बरवाद गरिरहँदा पनि चेतनाका ठेकीमा लागेको बिर्को उघ्रँदैन । भन्छन् हामी अनन्त भविष्य बोकेका पढेलेखेका युवा । वाह रे ! चेतना यिनको । कि त बतुरा कि त रविको छवि भएका फेद काटेर रुखमा चढ्ने नव शक्तिराष्ट्रका दासका आजका संस्करण ।
राजनीतिले जे मन लाग्यो त्यही होहोरेमा हँहँ गर्ने होइन । यसले त एउटा नीतिको या वैधानिक मार्ग नै बनाउनु पर्यो जसको पालना गर्नैपर्छ । अब मेलमिलाप आयोग र बेपत्ता खोजतलास आयोग बनाएर दुनियाँलाई निरा मूर्ख बनाउने प्रयत्न भइरहेको देखिन्छ । हिजोको हत्याको कमाण्डरै देशको मुख्य शासक भएपछि न्याय पाउनुपर्नेले पाउलान् ? न्यायको स्वरूप यही हो ? आममाफीका प्रावधानले यसलाई न्यायिक स्वरूप प्रदान गर्न सक्षम बनाउला ? बहुदल भनेको के हो ? प्रचण्ड, ओली र शेरबहादुरका स्वार्थका घेरा निर्माण गर्नु नै बहुलवाद हो ?
देशवासीमा कुनै जिउँदो मान्छे जन्मेका दिन देशमा आतंक मच्चाउनेलाई त हेगमा उभ्याउन बेर छैन । शेरबहादुर, ओली र प्रचण्डका बीचमा पदीय डाक बढाबढ् भएको देखेनन् र जनताले ? राजनीति भनेको ठेक्कापट्टटा हो भने ठेक्कापट्टालाई चाहिँ के भन्ने त
विगतमा सम्पन्न भएका आमनिर्वाचनदेखि राष्ट्रपति र उपराष्ट्रपतिको चुनावसम्म नै ‘तँ बाहुन म बाहुन घरका पैसा कतै नजाऊन्’ भनेर आपसमा बाँड्चुँड् गरेर खाएको हो कि दिनदहाडै देश र जनतालाई नै लुटेका हुन् यिनले ? देशवासीमा कुनै जिउँदो मान्छे जन्मेका दिन यिनलाई त हेगमा उभ्याउन बेर छैन । मतदान होइन सुक्रीबिक्री, मोलमोलाइ भएको छ । शेरबहादुर, ओली र प्रचण्डका बीचमा पदीय डाक बढाबढ् भएको देखेनन् र नेपाली जनताले ? के देशलाई ठेक्कापट्टामा चलाउन पाइन्छ ? राजनीति भनेको ठेक्कापट्टा हो भने ठेक्कापट्टालाई चाहिँ के भन्ने त ? अब नेपाली जनताले सडकमा आएरै यी प्रश्न सोध्ने हिम्मत नगरे नेपाली जनताले पद्धति, मूल्य र अनुशासन चाहिँ ठालुका मुख चाहना र तिनकै स्वार्थमा रूपान्तरण हुने भए ।
कुनै व्यक्तिका इच्छा पूरा हुनु र नहुनु ठूलो कुरो होइन देशको युगीन आवश्यकता र आजको जनताका चाहना र उर्ध चतना निर्माण गर्नु हो राजनीति भनेको । यसरी हेर्दा आजको नेपाली राजनीति यसरी बिग्रेको छ कि अब पचासवटा रामचन्द्र र सयवटा शेरबहादुरले पनि यसलाई पद्धतिबद्ध गर्नसक्लान् जस्तो लाग्दैन । हुँदा–हुँदा यिनलाई नै दरकिनार गराएरमात्रै देशले गति पाउने त होइन ?
आफ्ना जीवनको ३०/३२ वर्षमा पञ्चायत जसरी गनाएको थियो, देश र जनतालाई त्यसले जसरी निरास र हतास बनाएको थियो आज यो व्यवस्थामाथि पनि त्यसरी नै हिजोका पञ्च, त्यसलाई रुचाउनेले प्रश्न गर्न थालेका छन् के यसमा पनि रामचन्द्र, शेरबहादुर, माधव नेपाल, झलनाथ खनाल, खड्गप्रसाद शार्म ओली गर्व नै गर्छन् ? पञ्चको नायक त राजा थियो सबै दोष उसकै काँधमा फाल्दिँदा भएको थियो । आज त त्यो सुविधा तपाईंहरूलाई छैन होला त ? कि भाग्ने ?
अन्तिममा शीर्षकलाई पुष्टि गर्ने वाक्य बाँकी रहे कि?
लेख वर्तमान शासकीय कमजोरीहरु प्रति कटाक्ष गर्न चुकेको छैन।शासकहरुले समयमा नै मनन गरुन् भन्ने खबरदारीलाई शक्तिमा हुनेहरुले कति आत्मसात गर्छन् त्यो समयले सार्वजनिक गर्ने नै छ।
लेखकको कलम शासकीय सुधारका लागि सधै सशक्त र क्रियाशील रहोस् ।हाम्रो शुभकामना ।