आयोजक भोजपुरको विजयी सुरुवात

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारबाट सुरु भएको जिल्लाकै प्रतिष्ठित छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबिवाइसी सप्तरीलाई पराजित गरेको छ । खेलको निर्धारित समयमा भोजपुरकोतर्फबाट चार गोल हुँदा सप्तरीकोतर्फबाट दुई गोलमात्र हुन पुग्यो ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा करिब ३२ लाख ८० हजारको लागतमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले गर्नुभयो ।

प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका छन् । जसमा दुई बाहिरी र ६ नेपाली टोली छन् । प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटवल संघ, एनबिवाइसी सप्तरी, गोरखा ब्वाइज, रूपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुनेछन् ।

शनिबारको दोस्रो खेल युकेएफसी भारत र डाँगीहाट युथ क्लब मोरङबीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिता चैत १० बाट चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?