बेनी नगरपालिकाको सार्वजनिक सुनुवाईमा गुनासाको ओइरो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा आर्थिक बर्ष २०७९/०८० को दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार वडा नम्वर ६ अर्थुङ्गेस्थित वडा कार्यालय परिसरमा जनप्रतिनिधि, कर्मचारी,नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आवको दोस्रो चौमासिकमा सम्पन्न भएका विकास, निर्माण तथा योजनाको प्रगति र सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।

बेनी नगरले दोस्रो चौमासिकसम्म पँुजीगत खर्च २९.७९ प्रतिशत प्रगति हासिल गरेको छ । चालु आवको फागुनसम्ममा नगरले विकासतर्फ रहेको २९ करोड ३६ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये ८ करोड ७४ लाख ४५ हजार रुपैया खर्च गरेको छ ।

नगरको चालु आवको दोस्रो चौमासिकसम्म भएका गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयमा वडानम्वर ६ को वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाईमा दोस्रो चौमासिकसम्म कुल बजेटको ४२.२९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।
नगरको कुल बजेट ७८ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ । त्यस्तै चालुतर्फ ४६.८९ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ रहेको ४९ करोड ४९ लाख ३६ हजार रुपैयाँ बजेटमध्ये २३ करोड २० लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।

यस बर्ष नगरले ४ करोड २३ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य मध्ये दोस्रो चौमासिकसम्म २ करोड ४२ लाख ९९ हजार ४ सय ६३ रुपैयाँ संकलन गरेको छ । फागुनसम्म पूर्वाधारतर्फ २२ प्रतिशत प्रगति छ ।

पुर्वाधारतर्फ १७ करोड ६८ लाख ८५ हजार रुपैयाँ बजेटमध्यै ३ करोड ८९ लाख ४७ हजार रुपैयाँ बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
३४२ योजनामध्ये १२ वटा योजना बोलपत्रबाट निर्माण प्रक्रिया अघि बढाईएको छ । चालु आवमा ११३ योजना सम्झौता भई ११२ वटा योजनाको अन्तिम भुक्तानीको प्रक्रियामा छन भने एक सय ५ वटा योजना सम्झौता हुने प्रक्रियामा रहेको प्रतिवेदन छ ।

नगरबासीले उठाएका जिज्ञाशाको जवाफ बेनी नगरपालिका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकिय अधिकृत ढकाल, वडा नं ६ का वडाअध्यक्ष कृष्णसिङ बानियाँ, वडा नं ९ का चक्र केसी, ईन्जिनियर बिमलरञ्जन कार्कीले दिनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?