सरकार विस्तारबारे छलफल गर्न बसेकाे माओवादीको पदाधिकारी बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

बैठकमा नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफल भइरहेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा हुनु हुन्छ । जसका लागि मुख्य चार दलका शीर्ष नेताहरुबीच सामूहिक रुपमा तथा दुई पक्षीय वार्ताहरु भइरहेका छन् ।

आज बस्ने बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?