आठ महिनामा बेनी नगरको २९ प्रतिशत मात्र पुँजीगत खर्च

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा म्याग्दीको बेनी नगरपालिकाले २९.७९ प्रतिशत मात्र पुंजीगत खर्च गरेको छ ।
नगरपालिकाले चालु आवको दोस्रो चौमासिकसम्म विकासतर्फ रहेको २९ करोड ३६ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये ८ करोड ७४ लाख ४५ हजार रुपैया खर्च गरेको हो ।

नगरको चालु आवको दोस्रो चौमासिकसम्म भएका गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयमा शुक्रवार भएको सार्वजनिक सुनुवाईमा दोस्रो चौमासिकसम्म कुल बजेटको ४२.२९ प्रतिशत बजेट खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले बताउनु भयो ।

नगरको कुल बजेट ७८ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ । त्यस्तै चालुतर्फ ४६.८९ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ रहेको ४९ करोड ४९ लाख ३६ हजार रुपैयाँ बजेटमध्ये २३ करोड २० लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।

यस बर्ष नगरले ४ करोड २३ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य मध्ये दोस्रो चौमासिकसम्म २ करोड ४२ लाख ९९ हजार ४ सय ६३ रुपैयाँ संकलन गरेको छ।

फागुनसम्म पूर्वाधारतर्फ २२ प्रतिशत प्रगति छ । पुर्वाधारतर्फ १७ करोड ६८ लाख ८५ हजार रुपैयाँ बजेटमध्यै ३ करोड ८९ लाख ४७ हजार रुपैयाँ बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

३४२ योजनामध्ये १२ वटा योजना बोलपत्रबाट निर्माण प्रक्रिया अघि बढाईएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनु भयो । चालु आवमा ११३ योजना सम्झौता भई ११२ वटा योजनाको अन्तिम भुक्तानीको प्रक्रियामा छन् भने एक सय ५ वटा योजना सम्झौता हुने प्रक्रियामा रहेको प्रतिवेदन छ ।

उक्त सार्वजनिक सुनुवाईमा उपस्थित नगरबासीले जनताका गुनासा सुन्ने तर जनप्रतिनिधि र कर्मचारीले कार्यान्वयनमा ध्यान नदिएको गुनासो राख्नुभएको थियो ।
नगरबासीले उठाएका जिज्ञासाको जवाफ बेनी नगरपालिका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकिय अधिकृत ढकाल, वडानम्वर ६ का वडाअध्यक्ष कृष्णसिङ बानियाँ र उपस्थित जनप्रतिनिधि र कर्मचारीले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?