नेफाद्वारा सुरक्षित उड्डयन कार्गोबारे तालिम

Read Time = 2 mins

काठमाडौं । नेपाली कार्गो व्यवसायीको संस्था नेपाल फ्रेट फरवार्ड्स एसोसिएसन (नेफा)ले हवाई सेवामार्फत् सुरक्षितरूपमा मालवस्तु आयात/निर्यातका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) सँगको सहकार्यका तालिम कार्यक्रम आयोजना गरेको छ ।

नेपालमै पहिलोपटक कम्पिटेन्सी बेस्ड ट्रेनिङ एण्ड एसिसमेन्ट सेन्टर्स प्रोग्राम(सिटिबिटिए) प्रणालीमा आइएटिए सर्टिफाइड डेन्जरस गुड्स रेगुलेसन कोर्स २०२३ आयोजना गरेको हो । चैत ९ गतेदेखि ११ गतेसम्म सञ्चालित तालिम कार्यक्रममा नेपाली फ्रेट फरवार्डस सदस्य तथा सशस्त्र प्रहरी बल प्रतिनिधि गरी १३ जनाको सहभागिता थियो । विगतमा तालिम लिन भारतलगायत अन्य मुलुक जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नेफाले क्यानसँगको सहकार्यमा नेपालमै सञ्चालन गरेको हो ।

हालसम्म नेफाबाट नेपाल वायुसेवा निगम, आन्तरिक विमान सञ्चालक, सुरक्षा निकाय तथा कार्गो व्यवसायीसमेत गरी ४० भन्दा बढी दक्ष जनशक्ति नेपालमै उत्पादन गरिसकेको छ । तालिम कार्यक्रमले खतराजन्य वस्तु आयात/निर्यात गर्दा हवाई सुरक्षामा सहज हुने, नेपाली उडान क्षेत्रले दक्ष जनशक्ति प्राप्त गर्ने र नेपाली विमानस्थल तथा उडान सुरक्षा विषयमा अन्तर्राष्ट्रिय जगत्को चिन्ता र चासो पनि न्यूनीकरण हुँदै जाने नेफाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?