नयाँ पुलको योजना छैन, अस्थाइ पुल बनाएर सर्वसाधारण बाट रकम असुली

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भत्केको ६ वर्ष विते पनि उक्त पुल अझै मर्मत हुन सकेको छैन । यो सगै विगत ६ वर्ष देखि सदरमुकाम गुलरिया आउने जाने सबै मोटर बाटाहरु बन्द भएका छन । जब्दीघाटमा पुल भत्किएपछि विकल्पको रुपमा काठको पुलनिर्माण गरि सर्वसाधारण संग शुल्क लिन थालिएकाे छ ।

अहिले आफ्नै पालिका जान र कामको लागी गुलरिया आउनु पर्दा बुझाउने शुल्कले नागरिकलाई सास्ती भएको छ । यस विषयमा सम्वन्धित निकायको ध्यानाकर्षण गराइएता पनि कुनै वास्ता नगरिएको स्थानियवासीहरुको भनाई छ । बजार वा अन्य कामका लागि गुलरिया जानुपर्दा प्रतिव्यक्ति १० रुपैयाँमा एक तर्फि रुपमा भाडा लिने गरिएको छ यो गतिविधि ठिक नभएको स्थानियवासी रामचन्द्र थारुले बताउनु भयो ।

गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने एक मात्र पुल जब्दीघाटको पुल भत्किएपछि बारबर्दिया नगरपालिकाले ठेक्कामार्फत डुँगा सञ्चालन गर्दै त्यसबाट शुल्क लिन अनुमतिदिएको थियो । तर उक्त स्थानमा अहिले ठेक्का लिएकाले अस्थाइ रुपमा काठको पुलनिर्माण गरेर सर्वसाधारण संग शुल्क लिने गरिएको छ ।

नदि तर्दा उक्त अस्थाई पुल प्रयोग गरे बापत शुल्क लिएको भनि चर्को आलोचना र विरोध भएपछि शुल्क लिने कार्य तत्काल रोकि निःशुल्क रुपमा सहज आवागमनको व्यवस्था मिलाउन माग समेत गरिएको छ । बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारुले ठेक्कामार्फत संचालनमा रहेको स्थानमा डुगाको साटो अस्थाई पुल बनाई शुल्क लिएको आफुलाई थाहा भएपनि त्यो नियम संगत भएको बताउनु भयो ।

पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढि लागतमा बनाएको थियो तर उद्घाटन हुन नपाई भत्किएको हाे । यसको निर्माणमै गुणस्तरहिन सामाग्री प्रयोग भएको भन्दै स्थानियवासीले विरोध गर्दै आएकाथिए । पुल ४ सय ३५ मिटर लामो र ७.४ चौडाई रहेको थियो ।

यो पुल बाट पुर्व पश्चिम राजमार्ग संग गुलरिया हुलाकी राजमार्ग सम्म जोड्ने सवैभन्दा छोटो दुरीको मार्ग रहेको छ । पुल भत्किएपछि नागरिकलाई वर्षायाममा ज्यान जोखिम मोलेरै भएपनि डुगा मार्फत आवत जावत गर्नु पर्ने बाध्यता आइपरेको छ ।
फाटो १भत्किएको जब्दीघाटको पुल
फोटो २ भत्किएको पुलनजिकै बनाइएको अस्थाई काठको पुल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?