भोजपुर गोल्डकप : मोरङलाई ट्राइबेकरमा हराउँदै आयोजक भोजपुर फाइनल प्रवेश

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङलाई हराउँदै आयोजक घरेलु टिम भोजपुर फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा आयोजक भोजपुर जिल्ला फुटवल संघका तर्फबाट जर्सी नम्वर पाँचका खेलाडी रेमन उदाशले एक गोल गरे भने डाँगीहाट युथ क्लव मोरङका तर्फबाट जर्सी नम्वर छ का बिशाल पाण्डेले एक गोल गर्दे खेललाई बरावरीको अवस्थामा पुर्याएका थिए । बरावर गोल भएपछि ट्राइबेकरमा खेलाईएको खेलमा भोजपुरका तर्फबाट नौ गोल भएको छ भने मोरङका तर्फबाट आठ गोल भयो ।

प्रतियोगिताको म्यान अफ द म्याच भोजपुरका जर्सी नम्वर २० का खेलाडी धिरज मगर भएका छन ।

बुधवार हुने दोश्रो सेमिफाइनल खेल गत बर्षको बिजेता गोर्खा ब्वाइज रुपन्देही र एभिनियर फुटवल क्लव क्यामरुनका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिए ।

प्रतियोगिताका बिजेताले नगद ५ लाख र उपबिजेताले नगद तीन लाख पाउने छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?