कोशीमा नयाँ सरकार गठनका लागि पाँच दिनको म्याद

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ ।

उहाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गर्नुभयो ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि कोशीमा नयाँ सरकारको प्रक्रिया सुरु भएको हो ।

कोशी प्रदेशमा एमाले ठूलो दलको हैसियतले फेरि पनि सरकार प्रक्रियामा दाबी गर्ने पक्षमा रहेको बताइएको छ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनु भएको थियो ।

यसैबीच नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ भने यस अघि सरकारको नेतृत्व गरेको एमालेले भने सहमतिय सरकार गठनका लागि पहिलो आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने दाबी गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?