मन्त्रालयको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे दलहरू छलफलमा जुट्न लागेका हुन् ।

सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम र मन्त्रिमण्डल बिस्तारका बारेमा बैठकमा सहमति जुटाउने प्रयास हुनेछ ।

यसअघि मंगलबार साँझ बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।

बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गर्नुभएको थियो । सो कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटबारे आफ्नो खाका बैठकमा पेस गर्ने तयारी प्रधानमन्त्रीको छ ।

यस्तै उक्त बैठकमा मन्त्रालय बाँडफाँटमा पनि छलफल भएको थियो । तर कांग्रेसले आठ मन्त्रालय, जसपा र नेकपा एसले तीन÷तीन मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?