साउदी अरबमा बस दुर्घटना हुँदा २० तीर्थयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । सोमबार यमनको सिमानामा रहेको दक्षिणी प्रान्त असिरमा एउटा पुलमा ठोक्किएर बस दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन् । उनीहरु उमराहका लागि मक्का जाँदै थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए । उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन् । उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?