सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले सांसद रघुजी पन्तले सरकारले संसदको गरिमा घटाउने काम गरेको बताउनु भएकाे छ ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उहाँले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग गर्नुभयाे ।

बुधबारको सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने उल्लेख गरेकोमा अहिले हटाइएको भन्दै उहाँले विषयगत मन्त्री संसदमा आएर विधेयक पेस गर्नेभन्दा महत्वपूर्ण अर्को के काम हुन्छ भन्दै प्रश्न गर्नुभयाे ।

संसदले काम गर्न नसकेको भनेर सञ्चार माध्यममा समाचार आइरहेको भन्दै उहाँले संसदको गरिमा घटाउने कार्यमा सरकार लागेको भए पनि सबै दलहरु आरोपित हुनुपरेको बताउनुभयाे ।

सरकारका नाममा संसदको गरिमा घटाउने कार्य बन्द गर्न रुलिङ जारी गर्न उहाँले सभामुख देवराज घिमिरेसँग माग गर्नुभयाे ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?