खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाईने

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । पछिल्लो समय नेपालमा कोराना भाइरसको संक्रमण पुन: बढेसँगै खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ ।

कोभिड–१९ खोप समन्वय समितिको बिहीबार जिल्ला समन्वय समितिमा बसेको बैठकले कोभिड विरुद्धको कुनै पनि दुबै खोपको मात्रा लगाई ६ महिना कटेकाहरुलाई फाइजर वायोन्टिक वायोभ्यालेण्ट नामक खोप बुस्टरका रुपमा दिने निर्णय गरेको हो ।

जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाको प्रत्येक स्वास्थ्य संस्थावाट २४ चैतबाट १९ बैशाखसम्म ६ हजार जनालाई बुस्टर डोज खोप लगाईने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो । जसका लागि प्रचार-प्रसारलाई तिव्र बनाईनेछ ।

यो बुस्टर डोज खोप ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, १२ वर्षमाथिका दिर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई लगाइने सिग्देलले जानकारी दिनुभयो ।

खोप अभियानमा पालिकाहरुलाई भ्याक्सिन अपुग भएमा स्वास्थ्य कार्यालयले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट थप भ्याक्सिन व्यवस्थापन गरी सो पालिकाहरुमा कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चलान गराउने वैठकले निर्णय गरेको छ ।

कोरोना परिक्षण गरिने

बैठकले कोरोना बढेसँगै परीक्षण गर्ने निर्णय गरेको छ । दश पालिकाको स्वास्थ्य केन्द्र र अस्पतालहरुबाट एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा होम आइसोलेसनमा राख्न व्यवस्था मिलाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाँईले बताउनुभयो ।
बैठकले कोभिड–१९ बाट सुरक्षित हुनका लागि अनिवार्य मास्क लगाउने, प्रचारप्रसारमा जोड दिने भौतिक दुरी कायम गराउने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमणबाट सरक्षित हुन डराएर, भागेर नभई सुरक्षित र सर्तकता अपनाउनु नै मुख्य पक्ष भएको कोभिड–१९ खोप समन्वय समिति एवंम् प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईको भनाई छ ।

कोभिडबाट सुरक्षित हुनलाई जिल्लाभित्र अधिकतम सचेतना जगाउने, प्रचारप्रसारमा जोड दिने, मास्क सधै लगाउने बानीको विकास गर्नुपर्ने र निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?