नेपाल इटली उद्योग संघमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न संघको नवौँ वार्षिक साधारणसभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा देवकुमार श्रेष्ठ, निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित हुनुभएको छ । दुई उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा तीर्थबहादुर रोक्का, कोषाध्यक्षमा पवन अग्रवाल, दुई सचिवमा रोमनाथ घिमिरे र मनोज श्रेष्ठ बडेल रहनुभएको संघले जनाएको छ ।

सदस्यमा अरुण केसी, अन्ना मारिया, वसुमाया तामाङ, वीणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैंजू, विनोद सग्तानी, वीरेन्द्र शाही, किसान सुनार, किशोर भट्टराई, साम्बा लामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशिल जैन, सुभासविक्रम शाह र युगेश बादे श्रेष्ठ रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?