इतिहासमा कहिल्यै नमर्ने प्रतिवद्धताका साथ विकासका केही ठूला योजना बनाउँदै छु : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा कहिल्यै नमर्ने प्रतिवद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाईरहेको बताउनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो ।
आफूले सरकारको नेतृत्व लिएपछि सुशासन, सामाजिक न्याय, विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सूरुवात गरेको दावी गर्दै उहाँले अव इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आजै मन्त्रीपरिषदले पूर्णता पाउने र त्यसपछि सरकारको ध्यान देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रेकर्ड बनाएर जानुपर्छ भन्नेमा रहेको पनि दोहो¥याउनु भयो । उहाँले त्यसका लागि इमान्दार भएर सरकारलाई सहयोग गर्न पनि निजामती कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

प्रधानमन्त्री दाहालले अहिले पनि परिवर्तनका विरुद्ध विभिन्न खालको षडयन्त्र भईरहेको उल्लेख गर्दै सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको पनि औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘अव यो पटक सरकारको नेतृत्व विशेष परिस्थितिमा प्राप्त भएको तपाईहरुले महशुस गर्नु भएकै होला । र, गएको ९७ दिन करिव भयो आज । मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको छ । यो बीचमा भए/गरेका कामहरु सबभन्दा नजिकबाट देख्नु भएकै छ । मैले अहिले त्यसको ब्याख्या गर्न सम्भव छैन । एकातिर सुशासनको दृष्टिकोणले, सामाजिक न्यायको दृष्टिकोणले र विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही रिकर्डहरु बनाउने कोसिस भईराखेको छ । मलाई अहिले त्यसको फेहरिस्त बताउने समय छैन । तर हामीले केही नयाँ सूरुवात पक्कै गरेका छांै । र, केही ठूला र नयाँ काम जो इतिहासमा कहिल्यै नमर्ने काम गर्ने प्रतिवद्धताका साथ मैले योजना बनाउँदैछु । आज सरकारले पूर्णता प्राप्त गर्दैछ । हामी तीन बजे सपथ गरिसकेपछि हााम्रो ध्यान अव यो देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रिकर्ड बनाएर जानुपर्छ भन्नेमा म प्रतिवद्ध छु । तपाई कर्मचारी साथीहरुको यस सन्दर्भमा ठूलो सहयोगको मैले अपेक्षा गरेको छु । तपाईहरुको सहयोग, तपाईहरुको फिडब्याक निरन्तर चाहिन्छ । तपाईहरुले जे अनुभव गर्नु भएको छ । कर्मचारीको हैसियतमा । तपाईहरुको इमान्दार सहयोग भयो भने नयाँ रिकर्ड बनाउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु । मैले अहिले धेरै भन्न सम्भव छैन ।’

प्रधानमन्त्री दाहालले पार्टी वा पार्टीका संगठनहरुको नेतृत्व टिके प्रथाबाट चयन गर्दा फाईदा नभएको स्विकार गर्नु भयो । उहाँले अव पार्टीको पनि राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने र सहमतीमा नभए नेतृत्व चयनका लागि निर्वाचनमा जान उपयुक्त हुने देखिएको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले सहमतीमा नभए नेतृत्व चयनको काम प्रतिस्पर्धाबाट गर्नु वैज्ञानिक हुने देखिएको भन्दै सोही अनुसार नेतृत्व चयन गर्न पार्टी मातहतका संगठनहरुलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘मैले प्राय संगठनहरुको नेतृत्वको कुरा गर्दा भए सहमती÷नभए निर्वाचन पनि भन्ने गरिएको छ । सहमती भएन भने जब्बरजस्ती टिको लगाउने प्रथाले हामीलाई फाईदा गरेको छैन । बरु स्वस्थ प्रतिस्पर्धाबाट भयो भने केही पनि बिग्रदैन । हामीले पार्टीमा पनि अव छिट्टै अधिवेशनतिर जाँदैछौं । त्यो अधिवेशनमा पनि हामीले सोचेका छौ कि हामी लोकतान्त्रिक भनौ वा डेमोक्रयाटिक प्रतिस्पर्धाबाट नै नेतृत्व चयन गर्नु नै बढि बैज्ञानिक हुने देखियो । अहिले हामी जुन राजनीतिमा छौं । जुन परिस्थितिमा छौं । त्यो परिस्थितिमा प्रतिस्पर्धाको बाटो भन्दा सहज बाटो अरु देखिएको छैन । सहमतीबाट भयो भने सो मच दि ब्रेटर । सहमती, सहकार्यबाट हुने कुरालाई इन्कार गर्ने कुरा भएन । भएन भने सरल बाटो भनेको निर्वाचन नै हो ।’

प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंशा गर्दै सरकार उनीहरुको ट्रेड युनियनको पक्षमा रहेको पनि स्पष्ट पार्नु भयो । अहिले पनि मुलुकमा कर्मचारी ट्रेड युनियनको आवश्यक्ता छ कि छैन ? भन्ने बारे बहस जारी रहेको र आफू भने त्यसको पक्षमा रहेको उहाँको भनाई थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?