राजविराज । सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजराका निवासी एक दम्पतीले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र भवनका लागी आफ्नो नाममा रहेको ४० लाख मूल्य बराबरको एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।
७५ बर्षिया समाजसेवी डम्बर नारायण झखरैत यादव र उहाँकी ७० बर्षिया पत्नी सहावती देवीले धार्मिक संस्था ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र भवन बनाउन सो लाखौ मूल्यको जग्गा दानमा निःशुल्क प्रदान गर्नुभएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको क्षेत्रीय कार्यालय राजविराजकी मुख्य प्रभारी ब्रह्माकुमारी भगवती दिदीले बताउनु भएको छ ।
शुक्रवार मुख्य प्रभारी भगवती दिदी, दीपक भाइ, वैजयन्ती दिदी, मधुसुदन लाल देव, प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजस्थान माउन्ट आँबु छिमेकी राष्ट्र भारतबाट पाल्नु भएका प्रशिक्षण विभागका प्रमुख ब्रह्माकुमार रामचन्द्र भाइ, तिरहुत गाउँपालिका ५ का वडा अध्यक्ष रमानन्द चौधरी सहितको गाउँ पुगेको टोलीलाई एक कार्यक्रमबीच झखरैत दम्पतीले जग्गा प्रदानको घोषणा सहित कागजातहरू हस्तान्तरण गरेका छन्। जग्गा पाएपछि प्रस्तावित निर्माणस्थलमा झन्डोत्तोलन समेत गरिएको छ ।
केन्द्रकी मुख्य प्रभारी भगवती दिदीले झखरैत दम्पतीले जग्गा दिएपछि उपकेन्द्र भवन बनाउने बाटो खुलेको बताउनु भयो । उहाँले छिट्टै मालपोत कार्यलयबाट कित्ताकाट र केन्द्रको नाममा रजिष्ट्रेशन पास गराई निर्माण प्रकृया सुरु गरिने जानकारी दिनु भयो ।
वडाअध्यक्ष चौधरीले धार्मिक गतिविधि गर्न महँगो जग्गा निःशुल्क दान दिएर झखरैत दम्पतीले समाजमा उदाहरण प्रस्तुत गरेको भन्दै केन्द्रको भवन निर्माणमा पालिकाबाट पनि सक्दो सहयोग उपलब्ध राउने प्रतिबद्धता जनाउनु भएको छ ।
गाउँसमाजमा सामूहिक सहयोग गर्न हुरुक्कै हुने झखरैत दम्पतीले यति महँगो जमिन दान गरेको उदाहरण समाजमा विरलै पाइने भन्दै स्थानीयले प्रशंसा गरेका छन् । समाजसेवा भनेपछि तुरुन्त अग्रसर हुने आमा बुबाले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बनाउन जग्गा खाँचो भएको जानकारी पाएछ आफूसँग पनि सल्लाह गरेर जग्गा दान गरेको र यसमा आफूलाई पनि निकै गौरव र खुशी महसुस भएको वहाँका छोरा दिनानाथ यादवले बताउनु भयो । प्राप्त जग्गामा आवश्यक प्रक्रिया पुरा गरी छिट्टै सुविधा सम्पन्न उपकेन्द्र भवन निर्माण गरिने ब्रह्माकुमारी राजयोग केन्द्र राजविराजले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच