पिस प्वाइन्ट र सिद्धार्थ वनस्थली फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आयोजक पिस प्वाइन्ट र सिद्धार्थ वनस्थली ३६१ डिग्री पाँचौँ पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए । सानो गौचरण मैदानमा पिस प्वाइन्टले नेपाल तारालाई तीन-एक गोलले पराजित गर्‍यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।

पिस प्वाइन्टका अभय घिमिरे, विशेष थिङ र सम्राट बस्नेतले गोल गर्नुभयो । नेपाल ताराका आर्यन दाहालले गोल गर्नुभयो । पिस प्वाइन्टका गोलरक्षक सविन सिलवाल ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । सिद्धार्थ वनस्थलीले छहारीलाई तीन-दुई गोलले हरायो । निर्धारित खेल एक-एक गोलको बराबरीमा टुंगिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?