रातो बंगला र जेभियरलाई उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रातो बंगला र जेभियर इन्टरनेशनल कलेजले १०औँ बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । रातो बंगला ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बनेका हुन् ।

बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा रातो बंगलाले टाइम्सलाई ४३-४१ ले पराजित गर्‍यो । रातो बंगलाका रेवत सोनाम गुरुङले ११ अंक जोड्नुभयो ।

गल्र्सको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेशनल कलेजलाई ३०-१६ ले हरायो । जेभियरका कृति चौधरी र सुभाना अधिकारीले समान ६-६ स्कोर गर्नुभयो ।

ब्वाइजमा रातो बंगलाका रेवत सोनाम गुरुङ तथा गल्र्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । विजेतालाई बर्नहार्टका अध्यक्ष भुपेश चत्कुली, प्रबन्ध निर्देशक नवराज अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?