समाचार प्रभाव : वडाले कानुन विपरीत लिएको रकम फिर्ता गर्दै

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले कानुन विपरीत लिएको रकम फिर्ता गर्न थालेको छ ।

आइतबार कानुन विपरीत रकम लिएको विषयको समाचार प्रकाशन तथा प्रसारण भएपछि वडा समितिको बैठक बसेर रकम फिर्ता गर्ने निर्णय गरी रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको वडा अध्यक्ष चापागाईंले बताउनुभयो ।

नगरपालिकाले पूर्व निर्माण भएका घर तथा भवनको अभिलेखीकरणका लागि साउन ७ गतेबाट भदौ ९ गते सम्म वडाबाट निवेदन संकलन गर्ने काम गरिरहेको छ ।

वडाले अभिलेखीकरणको निवेदन संकलन गर्दा निवेदन दस्तुर रु १० र अन्य दस्तुर शीर्षकमा रु ३ सय गरी ३ सय १० लिँदै आएको थियो ।

प्रक्रिया मिलाएर रकम फिर्ता प्रक्रिया सुरु गरिने अध्यक्ष चापागाईंको भनाइ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?