पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभएको छ ।

शुक्रवार पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताउनुभएको हो । उहाँले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताउनु भयो । पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएपनि अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गर्नुभयो ।

उहाँले पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताउनु भयो । पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उहाँको भनाई छ । मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको विकास समृद्धि राजनीतिक नेतृत्व गैर राजनीतिक ठाउँमा आएर राजनीतिक गर्नाले हुन सकेन । पशुपति क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो । धार्मिक स्थल हो । धार्मिक उदेश्य प्राप्तिको निम्ति काम गर्ने हो । तर पशुपति क्षेत्र विकास कोषमा राजनीतिक बढी गर्नथाल्यौँ भने हाम्रो देश नबिग्रे अरु कुन देश र मानिसहरु बिग्रछन् । त्यसबाट बच्नुपर्छ भन्ने कुरामा आफू सचेत छु । पशुपति क्षेत्र,विश्व सम्पदा सूचिमा सूचिकृत ,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसक्यौं भने धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्छ । यसमा पनि करोडौं जनसंख्या भएको हिन्दुधर्म प्रति आस्था राख्ने भारतका भक्तजनहरुलाई सहज रुपमा भित्र्याउने र धार्मिक पर्यटकलाई रमणिय खालको भौतिक र आध्यात्मिक परिवेश बनाउन सक्यौं भने मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पु¥याउन सक्ने केन्द्रको रुपमा बदल्न सक्छौं ।’

उहाँले करोडौं जनसंख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरुलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताउनु भयो । रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पुर्‍याउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?