पाल्पा । पाल्पामा धेरै सिडिओहरु आए, गए । तर धेरैको कार्यकाल सन्तोषजन रहेनन् । पछिल्लो समय पाल्पामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुुभएका जगन्नाथ पन्तको कार्यकाल भने केही सम्झना लायक देखिएको छ ।
१७ महिना अघि सिडिओ भएर पाल्पा आउनुुभएका पन्तले पहिलो पटक ३ कार्तिक २०७८ मा पाल्पाका पत्रकारहरुसँग कुरा गर्दै जिल्लामा शान्ति सुरक्षा मजबूत बनाउने र शुसासन कायम गर्छु भन्दै प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसको ठिक १७ महिना पछि उहाँको पाल्पा जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भयो । यो अवधिमा प्रजिअ पन्तले आम नागरिकले महसुस गर्ने गरी काम गर्नुभएको छ ।
विषेशगरी उहाँले आफ्नो कार्यकालमा शान्ति सुरक्षालाई मजबुद बनाउने, अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने, सडक सुरक्षा, सरकारी एवं गैरसरकारी कार्यालयमा सुशासन कायम, कार्यालयबाट प्रवाह हुने सेवामा सहजता ल्याउने काम गर्नुभयो । उहाँले स्थानीयतह, प्रदेश र संघको निर्वाचन विवादरहित सम्पन्न गराउन ठूलो भूमिका खेल्नुभयो । पन्तले जिल्लामा रहँदा जनगुनासोको रुपमा आएको चुनढुङ्गा खानी सञ्चालनको अनुगमन, सञ्चालनको प्रक्रिया, उपयोगको बारेमा भईरहेका गतिविधी सार्वजनिक गराउनुुभयो । त्यति मात्र होइन आम नागरिकको समस्याको रुपमा रहेको स्वास्थ्य बीमाको सहजता, पाल्पा अस्पताल सञ्चालन तथा विरामीहरुका लागि टिकट व्यवस्थापनमा प्रजिअ पन्तले सक्रिय भूमिका खेल्नुुभयो । जिल्लामा आईपरेका समस्या तथा गुनासाहरुको तत्काल सम्बोधन गर्ने, जिल्लाबाट हुन नसकेका कुराका बारेमा जनतालाई बाटो देखाइदिने काममा प्रजिअ पन्तको सक्रियता रह्यो ।
पाल्पामा विकास तथा सुसाशन कायम गर्न स्थानीय तहदेखि प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधी, नागरिक समाज, कार्यालय प्रमुख, पत्रकार संघ संस्थाको सहभागितामा सामुहिक छलफल गरी जिल्लाको अवस्थाका बारेमा बेला–बेलामा उहाँले चित्रण गरानुुभयो । प्रजिअ पन्तले राहादानी समस्या समाधानका लागि विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ३ सिफ्टमा कार्यालय सञ्चालनको व्यवस्था मिलाउनुुभएको थियो । उहाँले आफुले कानुनले तोकेको र जनतालाई सजिलो हुने गरी मात्र काम गरेको बताउनुहुन्छ । उहाँले विदाई हुने क्रममा पाल्पा बसाईमा रहँदा सहयोग पु¥याएका राजनीतिक दल, पत्रकार, विभिन्न संघ संस्थालाई धन्यवाद समेत दिनुभयो । आउँदा सबैले स्वागत गरेझै विदाईको समयमा पनि सबै पक्षसँग भेटघाट गरेर जाने चाहाना अनुसार फेरी भेटौला कार्यक्रम गरेको उहाँले बताउनुुभयो । प्रजिअ पन्तको विदाई कार्यक्रममा सहभागी भएका जनप्रतिनिधि, राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत स्थानीय नागरिकले पाल्पा बसाईको क्रममा प्रमुख जिल्ला अधिकारीले आम नागरिकको पक्षमा काम गरेको खुलेर प्रशंसा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच