हिृवलचेयर क्रिकेट टोलीको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतको गुजरातमा हुने हिृवलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल पारा ओलम्पिक कमिटीले १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

छनोट भएका खेलाडीहरूमा हिमालय आर्यल (कप्तान), रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण मगर र राजु कट्वाल रहनुभएको छ । प्रशिक्षकमा भरत कार्की हुनुहुन्छ ।

चैत १ देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी चार राष्ट्र सहभागी हुने छन् । पहिलो राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्ने खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव प्रकाश चिलवाल, अन्तर्राष्ट्रिय हिृवलचेयर क्रिकेट परिषद्का महासचिव रघुकुमार आर, एटीटीएफका अध्यक्ष कुमार पौडेललगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?