भारतलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

Read Time = 3 mins

दिल्ली । अष्ट्रेलियाले आइसिसी विश्व टेष्ट च्याम्पियनसिप २०२३को फाइनलमा पुगेको छ । भारतको इण्डोरमा शुक्रबार सम्पन्न तेस्रो टेष्टमा घरेलु टोली भारतलाई ९ विकेटले हराएसँगै अष्ट्रेलिया उपाधि नजिक पुगेको हो । यस टेष्टमा जित हात पारेसँगै भारत खेलमा २–१ ले पछि परेको छ ।

जितका लागि ७६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा ओपनर ट्रर्विस हेडले ५३ बलमा ६ चौका र १ छक्कासहित ४६ रन बनाउनुभयो । यस्तै मार्नस लाबुसेन ५८ बलमा ६ चौकासहित २८ रनमा अविजित रहँदा उस्मान खवाजा शून्यमा आउट हुनुभयो ।

भारत दोस्रो इनिङमा १६३ रनमा अल आउट भएको थियो । भारत पहिलो इनिङमा ८८ रनले पछिपरेको थियो । भारतका चेतेश्वर पुजाराले १४२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाउनुभयो । रोहित शर्मा १२, शुभमन गिल ५, विराट कोहली १३ र श्रेयस ऐर २६ रनमा आउट हुनुभयो । अष्ट्रेलियाका स्पिनर नाथन लायनले सर्वाधिक ८ विकेट लिनुभयो । मिचेल स्टार्क र म्याथ्यु कुहृनेमानले एक एक विकेट लिनुभयो । अष्ट्रेलिया पहिलो इनिङमा १९७ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलियाका उस्मान खवाजाले १४७ बलमा ४ चौकासहित सर्वाधिक ६० रन बनाउनुभयो । मार्नस लाबुसेन ३१, स्टिभ स्मिथ २६, पिटर हृयान्डकम्ब १६ र क्यामरन ग्रीनले २१ रन बनाउनुभयो । भारतका रविन्द्र जडेजाले चार विकेट लिनुभयो । त्यसअघि भारतको इन्दोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत १०९ रनमा अल आउट भएको थियो ।

भारतका विराट कोहलीले २२ र शुभमन गिलले २१ रन बनाउनुभयो । त्यसबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाका स्पिनर म्याथ्यु कुहृनेमानले सर्वाधिक पाँच र नाथन लायनले तीन विकेट लिनुभयो । नाथन लायन प्लेयर अफ द म्याच चुनिनुभयो । भारत १७ खेलमा १० मा जित र ५ मा हारसहित ६०.२९ विजयी प्रतिशत अंक छ । यदि भारत अन्तिम खेलमा पराजित वा बराबरीमा रोकिएमा श्रीलंकाले दक्षिण अप्रिकासँगको दुई टेष्ट खेलको सिरिज जिते अष्ट्रेलियासँगको भेट पक्का गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?