अप्ठ्यारो बाटोेमा उभिएको नेपालको राजनीति

डा. डीआर उपाध्याय
Read Time = 12 mins

नेपालको राजनीति यति बेला अप्ठ्यारो बाटोमा उभिएको छ । राजनीतिक दल र तिनका नेताहरूका कारण देश अप्ठ्यारो बाटोमा उभिएको हो । लेनदेनको कुरा नमिलेपछि नेकपा एमाले सरकारबाट बाहिरिएको छ । र, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राष्ट्रपतिको चुनावको विषयलाई लिएर एमालेले यस्तो निर्णय लिन बाध्य भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने पक्का भएपछि एमाले सरकारबाट बिच्किएको हो ।
१० पुसमा एमाले र दाहालबीच भएको भद्र सहमति कार्यान्वयन हुन नसकेको र दाहालले बीचमा धोका दिएको एमालेको आरोप छ । दाहाल अस्थिर स्वभावका व्यक्ति हुन भन्ने कुरा त बेलाबेलामा उठने गर्छ नी । प्रचण्डले एमालेलाई बीचमा धोका दिन्छन भन्ने मलाई लागेको थियो त्यही भयो । राष्ट्रिय सहमति कायम गर्ने भन्दै प्रचण्डले कांग्रेसलाई राष्ट्रपति बनाउन काँध थापेर बसेका छन् ।

प्रचण्डले सुरुमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँछु भन्ने सहमतिबाट आफैं भागेका थिए । त्यति बेलाको सन्दर्भले अहिले पनि झस्काउँछ । उनी वचनको पक्का छैनन् । सहमतिविपरीत गिरिजाबाबुलाई राष्ट्रपतिमा सहयोग नगरी रामराजाप्रसाद सिंहलाई उठाएका थिए ।

राष्ट्रपतिको चुनावका लागि कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवाषचन्द्र नेवाङ भिड्दै छन् । राजनीतिक दलहरू आफ्नो स्वार्थ पूरा हुने भयो भने मिल्छन् जब स्वार्थ पूरा हुने नदेखेपछि फुटछन् । यस्तो गलत संस्कार र परिपाटीले नेपालको राजनीति फोहोरी बनेको छ । फोहोरी राजनीतिले मुलुकलाई निकास दिन सक्दैन भन्ने कुरा त सबैलाई थाहा छ । यति हुँदाहुँदै राजनीति दलहरू सुर्धन कोसिस गर्दैनन् । अब मुलुक राजनीति अस्थिरतातर्फ गयो । आलोपालो सरकारमा जाने र सरकार भत्कने खेलबाहेक यो पाँच वर्षभित्र अरू नहुने संकेत देखियो । मुलुकलाई वर्वाद गर्न दलहरू तम्सिएका छन् । यो गलत बाटोबाट दलहरू सही ठाउँमा उभिनुपर्छ । एमालेले देशलाई स्थिर र विकासको बाटोमा लान खोजेको हो भने सरकारबाट बाहिरिनु हुँदैनथ्यो । उसले यो गलत काम गरेको छ । देश र जनताको भविष्यप्रति खेलबाड गर्ने काम कुनै दलले गर्नु हुँदैन । नेकपा माओवादीले त बेलाबेलामा कहिले कांग्रेसलाई कहिले एमालेलाई धोका दिँदै आएकोे छ । यो पार्टी त्यही भएर जनताको नजरमा गिर्दै गएको छ । यसको पक्षमा जनमत घट्दै छ, बढ्दो छैन ।

राजनीतिमा इमानदारी हुनुपर्छ । माओवादीमा इमानदारी भन्ने देखिएन । राष्ट्रपतीय निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने भन्दै प्रचण्डले एकाएक एमालेलाई धोका दिएको कुरा चर्चामा छ । प्रचण्डले सुरुमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँछु भन्ने सहमतिबाट आफैं भागेका थिए । त्यति बेलाको सन्दर्भले अहिले पनि झस्काउँछ । कामरेड प्रचण्ड (नेकपा माओवादीका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड) वचनको पक्का छैनन् । कोही भर नपरे हुन्छ । सहमतिविपरीत गिरिजाबाबुलाई राष्ट्रपतिमा सहयोग नगरी रामराजाप्रसाद सिंहलाई उठाएका थिए ।

आखिर गिरिजा बाबुलाई पन्छाउन खोज्दा र गिरिजा बाबुकै उम्मेदवार डा.रामवरण यादवले राष्ट्रपति जित्नु परेको थियो । उनले आफैंले गरेको सहमतिविपरीत जुन कदम चालेका थिए, त्यो कदम र अहिले बालकोटमा गरेको सहमतिमा पनि कामरेडको ठ्याक्कै त्यस्तै प्रवृत्ति र भय दोहोरिएको देखिन्छ । आज उनी अहिले केपी ओलीसँग गरेको सहमतिबाट पछि हटेका छन् ।

यता नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँदा पार्टीको आवश्यक बहुमत नभएको यो परिस्थितिमा केही कुरामा विचार गनैपर्ने देखिन्छ । सबैभन्दा ठूलो कुरा देश र जनता हुन् । देश र जनताको भविष्यलाई अन्धकारमा धकेलेर सत्ता स्वार्थको राजनीति गर्नु ठूलो बेइमानी हो । जनताले यो कुरा पटक्कै मन पराएका छैनन् । आमजनताले के चाहेका छन् भने सबै राजनीतिक दलहरू मिलून् र देशको भविष्य बनाऊन् भन्ने छ । तर, राजनीतिक दलहरू र तिनका नेताहरू खालि बेइमानीको राजनीतिमात्र गरिरहेका छन् । यसरी मुलुकको भविष्य बनाउन सकिँदैन । हाम्रा नेता राम्रा र इमानदार हुन्थे भने देश धेरै अघि बढ्न सक्थ्यो । राजनीतिक दल र तिनका नेताहरूमा व्यक्तिगत स्वार्थ पूरा गर्ने कुराबाहेक अरू ध्यान नै छैन ।

राजनीतिक दलहरूको विचार, सिद्धान्त, नीति सबै भुत्ते भइसक्यो । निष्ठाको राजनीति हराउँदै गएको छ । राजनीति सही दिशामा नगएसम्म कुनै क्षेत्रको प्रगति र उन्नति हुन सक्दैन । खासगरी २०६३/०६३ को आन्दोलनपछि देशको उन्नति प्रगति होला भनेको त राजनीतिमा झनै विकृति र विसंगति पो देखिएको छ । नेताहरूको प्रवृत्ति फेरिएको देखिँदैन । नेताहरू धनी बन्दै गए, देश र जनता झनैपछि झन् गरिब हुँदैछन् । आर्थिक तनाव र घर व्यवहारले आमनागरिक राम्रोसँग सुत्न सकेका छैनन् । लोकतन्त्र त नेताहरूलाई आएछ, जनताको अवस्था हिजो जस्तो थियो आज त्यस्तै छ । व्यवस्था बदलियो तर जनताको अवस्था बदलिन सकेन । यो नै चिन्तालाग्दो कुरा हो । नेताहरूका गलत काम कारबाहीप्रति जनता रुष्ट बन्दै छन् । लामो समयदेखि जनतालाई ढाँट्ने र छल्नेबाहेक राजनीतिक दल र तिनका नेताहरूले अरू के गरे ? शान्ति, विकास र सुशासन दलको चुनावी नारामात्र बनेको छ ।

सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कुनै हालतमा निकास दिन सक्दैन । राजनीतिक दलले विगतबाट पाठ सिकेर अघि नबढ्ने हो भने आउँदा दिनमा झन ठूलो राजनीतिक संकट नआउला भन्न सकिँदैन । राजनीतिक दलहरू अब पनि सुध्रने कोसिस गर्दैनन् भने यिनीहरू आफैं सिद्धिन्छन् ।

चुनाव सकिएपछि दलहरू सबै कुरा बिर्सन्छन् । यस्तो राजनीति हुन्छ ? राजनीतिमा छलछाम र तिकडम बढी भयो । सरकार बनाउने र ढाल्ने खेलमै राजनीतिक दलहरूको गठबन्धन हुने र भत्कने गरेको छ । यसले मुलुकलाई कहाँ पु¥याउँछ ? शान्ति, विकास र समृृद्धि जनताको चाहना हो । कुनै बैठकमा यो विषयमा दलहरूको छलफल नै भएको देखिँदैन । लोकतन्त्र सबैले मन पराएको सर्वाधिक शक्तिशाली व्यवस्था हो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्र समाप्त पार्न केही तत्वहरूले सक्रियता देखाउन थालेका छन् । यसमा हामी सबै सचेत र जागरुक हुन भने जरुरी छ । असहमतिका विषय सकेसम्म वार्ता र नसकेमा प्रचलित कानुनसम्मत ढंगले निरूपण गर्नु लोकतन्त्रकै विशेषता हो । लोकतन्त्रमा आफैंले बनाएको कानुनी व्यवस्थालाई नकार्न पाइँदैन । राजनीतिमा सिद्धान्त हराउँदै गएको अवस्था छ ।

सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कुनै हालतमा निकास दिन सक्दैन । यो कुरा मैले बारम्बार उठाउने गरेको छु । राजनीतिक दलले विगतबाट पाठ सिकेर अघि नबढ्ने हो भने आउँदा दिनमा झन ठूलो राजनीतिक संकट नआउला भन्न सकिँदैन । राजनीतिक दलहरू अब पनि सुध्रने कोसिस गर्दैनन् भने हेर्दै जानु होला यिनीहरू आफैं सिद्धिन्छन् । अरू कसैले सिध्याउनै पर्दैन । लोकतन्त्रमा बेइमानीको राजनीति त्यति बढी टिक्दैन । जनता हरहिसाब राखेर बसेका हुन्छन् । जुन बेला चुनाव आउँछ त्यसपछि मतदानबाट परिणाम देखाउँछन् र देखाउँदै आएका छन् ।

नेताहरू त्यति घमण्डी हुनु हुँदैन । जनताको पिरमर्कामा सधैं साथ दिनसक्ने हुनुपर्छ । त्यसो भएमात्र जनताले मन पराउँछन् । जनताले नेतालाई मत दिनुभनेको विश्वास गरेर हो । चुनाव जितेपछि नेताहरूले जनताको विश्वासमाथि घात गरिरहेका छन् । जनादेशलाई व्यवस्थापन गर्ने कौशल बहुमतप्राप्त राजनीतिक दलले देखाउनै पर्छ । संसदीय राजनीतिमा सांसद किनबेचको खेलले मुलुकलाई अघि बढाउन सकेन । अहिले पनि त्यही परिस्थिति दोहोरिने संकेत देखिएको छ । विगतबाट सिकेर वर्तमानको सदुपयोग गर्नु नै आजको उपयुक्त उपाय हो । संसद्भित्र कुनै हालतमा असंसदीय खेल हुनुहुँदैन । बहुमतप्राप्त दलले व्यक्तिभन्दा नीतिप्रधान हुनेगरी सरकार सञ्चालन गर्नुपर्छ । अहम् र दम्भको राजनीतिले कसैलाई फाइदा गर्दैन ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
yubraj
yubraj
2023-03-03 12:07 pm

वर्तमान राजनीतिको यर्थाथ विश्लेषण

tamlal
tamlal
2023-03-03 1:37 pm

सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कुनै हालतमा निकास दिन सक्दैन ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?