खडेरीका कारण केन्यामा २६ लाखभन्दा बढी पशुचौपायाको मृत्यु

Read Time = 3 mins

नैरोबी । केन्याको सुक्खा र अर्धसुक्खा क्षेत्रमा संकट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । एनडिएमएका अनुसार यो संख्या सुक्खा र अर्ध-शुष्क क्षेत्रका कुल ५२ लाख ८० हजार जनावरको लगभग ५० प्रतिशत हो ।

सबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भोकमरीका कारण मर्नेमा सबैभन्दा बढी भेडा र गाईगोरु रहेको एनडिएमएले फेब्रुअरीमा प्रकाशित गरेको अद्यावधिकमा उल्लेख छ ।

सुक्खा २३ मध्ये २२ वटा क्षेत्रमा खडेरीको अवस्था झनै बिग्रँदै गएको छ । सन् २०२२ को छोटो वर्षाका कारण खराब अवस्था र लगातार चार वर्षसम्मको अल्पवृष्टिका कारण जनावरहरू मरिरहेको एनडिएमएले जनाएको छ ।

एजेन्सीका अनुसार सुक्खा क्षेत्रमा चरन क्षेत्र पूर्णरूपमा समाप्त भएको छ, उच्च तापमानका कारण खराब भएको छ । क्षेत्रीय विकास मन्त्रालयका क्याबिनेट सचिव रेबेका मियानोले पूर्वी अफ्रिकी समुदाय, शुष्क र अर्ध-शुष्क भूमि र केन्याले राहत खाद्य वितरण सुरक्षित गर्न दुई अर्ब केन्याली शिलिंग (लगभग १५.६८ मिलियन अमेरिकी डलर) जारी गरेको उल्लेख गर्दै खडेरी न्यूनीकरण प्रक्रियाहरू अघि बढाएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार केन्या ‘हर्न अफ अफ्रिका’मा पर्ने क्षेत्रका देशहरूमध्ये एक हो । यहाँ करिब ३० वर्षयताकै सबैभन्दा खराब खडेरीको समस्या देखिएको छ ।

यहाँ ५० लाखभन्दा बढी नागरिक भोकमरीको चपेटामा परेका छन् । खडेरीले अफ्रिकाका अन्य दुई मुलुक सोमालिया र इथियोपिया पनि अत्यधिक प्रभावित भएका छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?