महाभारतका कणिक र प्रचण्ड

Read Time = 15 mins

✍️ डा.गणेश घिमिरे

हस्तिनापुरका शासक धृतराष्ट्रले नचाहेर पनि युुद्धलाई माने, स्वीकार गरे । युुद्ध कसैले चाहेका थिएनन् भन्ने तर्क बलवान् बनेर आएको भए पनि युुद्धलाई रोक्ने प्रयास असफल भयो महाभारतमा । अन्तिम अवस्थामा युद्धलाई नै राजनीतिक समाधानको उपाय मानियो । सदा पाण्डुुपुुत्रहरूको कुुभलो चाहने धृतराष्ट्रले जुुनरूपमा आफूलाई गतिशील तुुल्याए त्यसले हस्तिनापुरमात्र नभई तत्कालीन भारतवर्ष नै हल्लिएको थियो । यही अवस्थाका कारण महाभारतको युुद्धले परिणति पाएको थियो ।

महाभारतमा पाण्डवको साथ र सहयोगका माध्यमबाट सफलता तथा दिग्विजय पाएका धृतराष्ट्रको अवस्था ज्यादै नराम्रो थियो राजकाज सञ्चालनमा । पाण्डवहरूको बढ्दै गएको यश र प्रतिष्ठाका कारण उनमा पलाएको इष्र्या पतनको कारण बनेको हो । उनमा विद्यमान पुत्रमोह र त्यसबाट पलाएको महत्वाकाङ्क्षाका कारण उनमा जागेको भावनाको उद्वेगले धृतराष्ट्रलाई नराम्रो गरी पुुत्रस्नेहमा धकेलेको हो ।

दोस्रो सङ्घीय निर्वाचनपछि माओवादी पार्टी तेस्रो शक्तिका रूपमा देखियो । पहिलोमा काङ्गे्रस, दोस्रोमा नेकपा एमालेले आफूलाई उभ्याउन सफल भए । राजनीतिका चतुर खेलाडी मानिने एमालेका अध्यक्षसित गठबन्धन गरेर प्रचण्ड सत्तामा पुुगे ।

धृतराष्ट्र आफ्नो र छोरा दुर्योधनको महत्वाकाङ्क्षाका कारण महाभारतको युुद्ध भएको पक्कै हो । यही समयमा तत्कालीन हस्तिनापुरका मन्त्री तथा राजनीति र कूटनीतिका ज्ञाता कणिकलाई बोलाएर यो अवस्थामा म कसरी अघि बढूँ भन्ने अनुुुरोध गरेका छन् धृतराष्ट्रले । उनको अनुरोधलाई सकारेका कणिकले जसरी धृतराष्ट्रलाई कूूटनीति र राजनीतिको शिक्षा दिएका छन् त्यसले नेपाली राजनीतिको अवस्थालाई समेत अचम्भित पारेको छ । अब त नेपाली राजनीति पनि कणिक नीतिकै आधारमा अघि बढेको हो कि ? भन्ने चिन्ता लाग्न थालेको छ । कणिकको नीति राजनीति मात्र होइन त्यो त सत्तामा रहँदा एक अर्कालाई शत्रुु मान्ने प्रवृत्ति र शत्रुलाई समाप्त पार्ने आधार पनि हो । त्यही नीतिलाई महाभारतले कणिक नीतिका रूपमा लिएको छ ।

प्रचण्डको नीति :
दोस्रो सङ्घीय निर्वाचनपछि माओवादी पार्टी तेस्रो शक्तिका रूपमा देखियो । पहिलोमा काङ्गे्रस, दोस्रोमा नेकपा एमालेले आफूलाई उभ्याउन सफल भए । राजनीतिका चतुर खेलाडी मानिने एमालेका अध्यक्षसित गठबन्धन गरेर प्रचण्ड सत्तामा पुुगे । आफूू प्रधानमन्त्री हुुने सन्दर्भमा उनले राष्ट्रपति र सभामुुख एमालेलाई दिने वाचा गरेर सत्तासीन भए । राजनीतिको गोटी एउटै धारबाट कहिले पनि बग्दैन । सदा धार परिववर्तन र सत्तारोहणका लागि जनताका सबै आकाङ्क्षामा तुुषारापात गर्नु नेपालका नेताहरूको चरित्र नै बनिसकेको देखिन्छ । कणिक धृतराष्ट्रलाई सम्बोधन गरेर भन्छन् :
आश्वासयेच्चापि परं सान्त्वधर्मार्थवृत्तिभिः
अथास्य प्रहरेत् काले यदा विचलिते पथि ।।
शत्रुलाई सम्झाएर, लोभ देखाएर आश्वासन दिनूू र विश्वास उत्पन्न गर्नु । समयमा विश्वासमा लिएको उसमाथि प्रहार गर्नु नै नीतिको मुुख्य सैद्धान्तिक आधार हो । यही आधारमा प्रचण्डले नेकपा एमालेलाई आफू कमजोर हुने गरी पद वितरण गरे । काङ्ग्रेससित संवादमा रहेका उनले राष्ट्रपतिमा सहमतिको वकालत गरे । अन्तिम समयमा आएर एमालेमाथि नराम्रो किसिमले प्रहार गरे । विश्वास जितेका र विश्वासमा परेका ओलीलाई प्रचण्डले नराम्रोसित राजनीतिको मैदानमा पछारेका छन् । राजनीतिमा जे पनि मान्य छ भन्ने सिद्धान्तको सैद्धान्तिक कसीलाई प्रचण्डले स्थापित गरिदिएका छन् । कणिक भन्छन् :
नविश्वसेदविश्वस्ते विश्वस्ते नातिविश्वसेत्
विश्वासाद् भयमुत्पन्नं मूलान्यपि निकृन्तति ।।
जो विश्वास पात्र छैन त्यसमाथि कहिले पनि विश्वास नगर्नु, जो विश्वासपात्र छ त्यसमा पनि पूूर्ण विश्वास नगर्नु किनभने विश्वासबाट प्राप्त हुने डरले शासकको समूल नष्ट हुुन सक्दछ । यही सिद्धान्तका आधारमा प्रचण्ड अघि बढेको देखिन्छ । वाम गठबन्धनको केही महिनापछि नै ओलीमाथि प्रचण्डको विश्वासको खडेरी जाग्यो । त्यो खडेरीले नेकपामा फुुट आयो । ओलीको सत्ता धरापमा मात्र परेन कि सत्ताच्यूूत समेत हुुनपर्‍यो । तत्कालीन वामगठबन्धनमा आएको विमतिले शेरबहादुुर देउवालाई सत्तारोहण गर्ने अवसर प्राप्त भएको हो ।

शेरबहादुरको सत्तालिप्सा र प्रचण्डको सत्तारोहणको महत्वाकाङ्क्षाका कारण नेपाली राजनीतिमा दुुई महिना नपुुग्दै सरकारमाथिको विश्वास कमजोर भएको छ । जनताको अभिलाषामा सत्तासीन र सत्ताबाहिरका राजनीतिक दलले जुन अवस्थाको चरित्र प्रदर्शन गरे त्यसले नेपालको राजनीतिलाई लाजलाग्दो बनाएको छ । महाभारतमा धृतराष्टलाई सम्बोधन गर्दै कणिक भन्छन् :
अञ्जलिः सपथः शान्त्वं शिरसा पादवन्दनम्
आशाकरणमित्येवं कर्तव्यं भूतिमिच्छता ।।
अवसर अनुसार हात जोड्नुु, कसम खानुु, आश्वाशन दिनुु, खुुट्टामा टाउको राखेर प्रणाम गर्नु र आशाको त्यान्द्रोमा झुण्डाउनुु नै  सत्तासीन हुने शासकका मुुख्य गुण मानिएका छन् । यही नीतिमा प्रचण्ड चले । यही नीतिलाई अङ्गीकार गरे प्रचण्डले र सत्तासीन भए । उनको सत्तारोहरण जसरी भएको भए पनि कणिक नीतिको यथोचित उपयोग उनले गरेको देखिन्छ । कणिक नीतिका ज्ञाता प्रचण्ड अवस्य पनि होइनन् तर उनको सत्तारोहणमा कणिक नीति समावेश भएर आएको देखियो ।

यही कणिक चिन्तनमा प्रचण्डको चिन्तन समावेश भएको देखिन्छ । प्रचण्ड आफैँ सत्तासीन भएका होइनन् उनलाई सत्तारोहण गराउन नेपाली राजनीतिका हस्तीहरू सक्रिय बनेर लागेका थिए । कणिकले जसरी शत्रुको समाप्तिका लागि धृतराष्ट्रलाई नीतिका कुरा बताए त्यही धारमा नेपालको राजनीति गतिशील बनेको देखिन्छ । प्रचण्ड अवसरवादी नेता हुन् । उनले अवसरको खोजी गर्छन् । अवसर प्राप्त हुनासाथ उनले सबैलाई बाहिर फाल्छन् भन्ने कुरा प्रमाणित भइसकेको छ उनले देखाएको राजनीतिको बाटोले ।

क्रीडाभूूमि नेपाल :
विश्वमा प्रतिस्पर्धामा आउने सबै खेल खेलमैदानमा खेलिने गरिएका हुन्छन् । कुनै पनि खेलका आआफ्नै नियम रहेका हुन्छन् । खेलमा सधैँ एउटा देश वा टिमले जित्दैन । हारजितको अवस्था खेलमा सदा रहने गरेको हुुन्छ अन्तिम अवस्था सम्म पनि । हाम्रो देश नेपाल सदा खेलको मैदान बन्यो राजनीतिको पृष्ठभूमिमा । कहिले दक्षिण, कहिले उत्तर र कहिले पश्चिमा मुुलुुकहरूको । चुनावको समयमा पनि यी तीन देशका राजदूूत सक्रिय हुने गरेको देखिन्छ । कसलाई सत्तामा पुु¥याउने र कसलाई सत्ताबाहिर राख्ने भन्ने सन्दर्भ पनि यिनीहरूकै दौडधुुपबाट हुने गरेको देखिएको छ ।
नेपाल भूपरिवेष्ठित मुलुुक हो । समुुद्रले नछोएको र शक्ति राष्ट्रहरूको बीचमा रहेको यो मुलुुक प्रकृतिका दृष्टिले सम्पन्न छ तर राजनीतिका दृष्टिमा हामी सदा कमजोर बनेर आएका छौँ । हामी नेपाली हाम्रा नेता सबल सक्षम र देशको उन्नतिका लागि समर्पित छन् भनेर भाषण छाँटिरहेका हुन्छौँ । भाषणमा नै राष्ट्रवादी नेता र राष्ट्रघाती नेताको पगरी गुुथाइदिएका हुन्छौँ । जसले छिमेकी देशका विरुद्ध विषवमन गर्दछ त्यसलाई नै सबैभन्दा ठूलो नेता मान्ने होडमा लम्किरहेका हुन्छौँ हामी ।

यो हाम्रो २०४६ पछिको नियति नै बनिसकेको छ । यही नियति आजसम्म पनि भोगिरहेका छौँ हामीले । कहिलेसम्म भोग्नुुपर्ने हो त्यसको कुनै पनि प्रमाण हामीलाई प्राप्त छैन तर नेपालको भूूराजनीतिको फाइदा उत्तर, दक्षिण र पश्चिमले उठाइरहेका छन् हामीबाट कस्तो बिडम्बना हामी र हाम्रो देशको ।

हाम्रो देश नेपाल सदा खेलको मैदान बन्यो राजनीतिको पृष्ठभूमिमा । चुनावको समयमा पनि यी तीन देशका राजदूूत सक्रिय हुने गरेको देखिन्छ । कसलाई सत्तामा पुुर्‍याउने र कसलाई सत्ताबाहिर राख्ने भन्ने सन्दर्भ पनि यिनीहरूकै दौडधुुपबाट हुने गरेको देखिएको छ ।

हामीलाई मित्रका रूपमा सहयोग गर्ने यी सबै मुुलुुकहरू हाम्रा हितैषी पनि हुन् । हामी नेपाली र नेपालको विकासमा सदा सहयोगका हातहरू बढाएर हामीलाई सम्पन्नशाली बनाउन लागिपरेका छन् । तिनीहरूको सहयोगबाट नै हामीले विकास निर्माणका ठूल्ठूला आयोजना तथा नेपालीको हित भएको मानि आएका पनि छौँ । त्यो सत्य सावित भएको पनि छ । हामी कहिले पनि स्वार्थको कुरा गर्दैनौँ । जुनसुुकै मुुलुुकका लागि असल मित्र बन्न सदा तयार हामीलाई र हाम्रा भावनालाई विनास्वार्थ यी मुुुलुुकले कहिले पनि सहयोग गरेको देखिँदैन ।

स्वार्थविनाको मित्रता हुनुुपर्नेमा त्यसो हुन नसक्नुुमा हाम्रा पनि केही कमजोरी देखिएका होलान् । तिनलाई चिर्न नसक्नुु हामीभित्रको एउटा असमझदारी पनि हो । नेपालको भूूराजनीतिलाई सदा वक्र दृष्टिले हेर्नुु ती मुुलुुकहरूको मुख्य आधार हो । यही आधारमा बगेको नेपालको राजनीतिलाई सुुधार्न कठिन हुने देखिएको छ ।

हामीले आफ्नो देशका युवालाई रोजगारी र अध्ययनका नाममा विदेश पठाएका छौँ । उनीहरूले विदेशीभूमिमा बगाएको पसिनाले हाम्रो देशको खर्च चलेको छ । ती विदेशमा जाने युुवापुुस्तालाई आश्वासनसमेत दिन सक्दैनौ यही बस स्वदेश र स्वदेशीको उन्नतिमा लाग भनेर । कणिकले जसरी धृृतराष्ट्रलाई शत्रुुलाई परास्त गर्न नीति, राजनीति, कूूटनीति र छलनीतिको शिक्षा दिए त्यही आधारमा हाम्रा यी स्वार्थपरक छिमेकीसित व्यवहार गर्ने सद्बुुद्धि पलाओस् हाम्रो देशका नेता र कार्यकर्तामा पनि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?