इंग्ल्याण्डले दियो अष्ट्रेलियालाई विशाल अग्रता

Read Time = 3 mins

लण्डन । इंग्ल्याण्डले द एसेज टेस्ट सिरिजको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध बलियो योगफल बनाएको छ । इंग्ल्याण्ड तेस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा ८० ओभरमा नौ विकेट गुमाउँदै ३८९ रन बनाएको छ । क्रिजमा स्टुअर्ट ब्रोर्ड दुई र जेम्श एन्डरसन आठ रनमा क्रिजमा हुनुहुन्छ । समग्रमा इंग्ल्याण्डले ३७७ रनको अग्रता बनाएको छ ।

इंग्ल्याण्डका जो रुटले १०६ बलमा ११ चौका र एक छक्कासहित ९१ रन जोड्नुभयो । ओपनर ज्याक क्रली ७६ बलमा नौ चौकासहित ७३ तथा बेन डकेट ५५ बलमा सात चौकासहित ४२ रनमा आउट हुनुभयो । यस्तै बेन स्टोक्सले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ बलमा तीन चौका र एक छक्कासहित ४२, हृयारी ब्रुक सात, मोईन अली २९, क्रिस वोक्स एक र मार्क वुड नौ रनमा आउट हुनुभयो ।

जोनी बेयरस्टोले १०३ बलमा ११ चौकासहित ७८ रनको योगदान दिनुभयो । पाँचौं विकेटका लागि रुट र बेयरस्टोले ११० रनको साझेदारी गर्नुभयो । अष्ट्रेलियाका मिचेल स्टार्कले चार विकेट लिनुभयो । टोड मर्फी तीन, जोश हेजलवुड र प्याट कमिन्सले एक-एक विकेट लिनुभयो ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा २९५ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले १२३ बलमा ६ चौकासहित ७१ रन जोड्नुभयो । ओपनर उस्मान खवाजा ४७, डेविड वार्नर २४, मार्नस लाबुसेन नौ, एलेक्स केरी १० र मिचेल मार्श १६ रनमा आउट हुनुभयो ।

इंग्ल्याण्डका क्रिस वोक्सले तीन विकेट, स्टुअर्ट ब्रोड, मार्क वुड र जो रुटको नाममा समान दुई विकेट रहृयो । त्यसअघि द ओभलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको इंग्ल्याण्ड मात्रै ५४.४ ओभरमा २८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा व्याटर हृयारी ब्रुकले ९१ बलमा ११ चौका र दुई छक्कासहित ८५ रन थप्नुभयो ।

ओपनर ज्याक क्रली २२, बेन डकेट ४१, मोइन अली ३४, जो रुट पाँच, बेन स्टोक्स तीन, जोनी बेयरस्टो ४, मार्क वुड २८ र क्रिस वोक्सले ३६ रनको योगदान दिनुभयो । अष्ट्रेलियाका मिचेल स्टार्कले चार विकेट लिनुभयो । जोश हेजलवुड र टोड मर्फीले समान दुई विकेट लिनुभयो । पाँच खेलको सिरिजमा अष्ट्रेलिया दुई–एकले अघि हुँदै एशेज ट्रफी रक्षा गर्न सफल भइसकेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?