केएफए मेयर कपमा साकेला र नमुना क्लबबीच भिडन्त

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । केएफए (खोटाङ फुटबल एकेडेमी) दिक्तेल मेयर कप आमन्त्रित अन्तर क्लब फुटबल प्रतियोगिताको पहिलो खेल साकेला फुटबल क्लब रतन्छा र नमुना स्पोर्टस क्लब लफ्याङबिच हुने भएको छ ।

आयोजक केएफएले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको दोश्रो खेल खकलुङ युनाइटेड क्लब बासपानी र नेर्पा स्पोर्टस क्लब नेर्पाबिच हुने जानकारी दिएको छ ।

२७ फाल्गुणदेखि ३० फाल्गुणसम्म स्थानीय माटिकोरे खेलमैदानमा हुने प्रतियोगितामा माटिकोरे सामाजिक सेवा समाज दिक्तेल र दिक्तेल फुटबल क्लब तथा आयोजक केएफए भर्सेस सोल्मा स्पोर्टस क्लबको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आठवटा क्लबको सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख २५ हजार र उपविजेताले नगद ६२ हजार ५०० सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा गोल्डेन ग्लोब्स, गोल्डेन बल र गोल्डेन सुज विधा जित्ने खेलाडीले नगद पाँच हजार र म्यान अफ द म्याच हुने खेलाडीले एक हजार नगदका साथमा मेडल पाउने एकेडेमीका कोषध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाभित्रका खेलाडीलाई प्रोत्साहन गराउन र स्थानीय क्लबको परिचय गराउँदै क्बललाई स्थापित गराउने लक्ष्यका साथमा प्रतियोगिता गराउन लागिएको एकेडेमीका अध्यक्ष नुरकाजी सैंजुले बताउनुभयो ।

‘खोटाङको पहिचान खेलकुदको अभियान’ नाराका साथमा दिक्तेललाई कार्यक्षेत्र बनाएर २०७३ सालमा स्थापना भएको एकेडेमीले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिताहरु गराउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?