होलीमा रेस्लिङ महा भिडन्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउण्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महा भिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा हुनेछ । रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी चार राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउण्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी गराउनुभयो ।

नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार थापा (नेपाली ब्रो), हिक्मत थपलिया (स्कोरपियो), कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) मिस्टर यतिलगायतले प्रतिस्पर्धा गर्नुहुनेछ । भारतबाट अमित दलाल, दिव्या आले र अभिराज सिंह, पाकिस्तानबाट कोभु ब्राण्डम, मोहम्मद बिलाल खान, तलहल अलि खान, अफ्रिदी मोहम्मद उसाम खान र मुस्तफा अलि खान तथा अमेरिकाबाट रिकार्डेज भिल्लानुभा (सादिका) रिङमा उत्रिनुहुनेछ ।

विभिन्न पाँच स्पर्धामा भिडन्त हुनेछ । २०७१ सालमा स्थापना भएको फाउण्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गर्न लागेको अध्यक्ष भगवतीले जानकारी दिनुभयो । भरत विसुराल (हिमालयन टाइगर) ले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?