काठमाडौं । साहित्यकार नारयण घिमिरेको ‘गाउँले दशैँ-तिहार, चौरासी व्यञ्जन र सोमरस’ हालै प्रकाशित भएको छ । खाद्य तथा औषधि विज्ञको रूपमा विगत १७ वर्षदेखि क्यानडालाई आफ्नो कर्म क्षेत्र बनाएका नेपालीमूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोणबाट लेखिएको पुस्तक ‘गाउँले दशैँ-तिहार, चौरासी व्यञ्जन र सोमरस’ हालै बजारमा आएको छ ।
पुस्तकमा घिमिरेले दशैँको चमत्कारी मालश्री धुन र त्यसको मानव मनोविज्ञानमा हुने गहिरो प्रभावबारे लेख्नु भएको छ । दशैँमा नारी, पुरुष र तेस्रो लिंगीलाई वेदको भावार्थले दिने आशिष मन्त्र र त्यसको चुरो भावनाबारे चर्चा छ । हालसम्म हामीमा नारी र पुरुषलाई मात्र दशैँ-मन्त्र रहेजस्तो गरी चर्चा हुने गरेकोमा तेस्रो लिंगीलाई वेदमा व्यवस्था भएको दशैँ मन्त्रसमेत पुस्तकले उजागर गरेको छ ।
पुस्तकले वैदिक खानपान र तिनका रहस्य उजागर गर्दै दशैँ र तिहारमा हाम्रो परम्परामा रहेका मुख्य खानाको पोषणलगायत औषधीय मूल्यको मात्र नभएर त्यसको आध्यात्मिक मूल्यबारे कुरा गरिएको छ । दशैँ र तिहार पर्व कसरी हरेक व्यक्तिका लागि फगत पर्वमात्र नरहेर आफैंलाई पुनः आविष्कार गर्ने अवसर हो भन्ने बारे पुस्तकले गहिरो अवधारणा अघि सारेको छ । प्रसन्नता, मौसम र मेजमानी, सेल रोटी झ्वाइँ पार्ने घ्यू, खसीको मासु किन खाने ? वा नखाने आदि बारे चर्चा भएको यो पुस्तकमा पुर्खाले चिनेको सयपत्री र मखमलीको माला आदि बारे उल्लेख गर्दै हाम्रा दशैँ–तिहारमा उपयोग हुने हरेक वनस्पतिको गुण औषधीय र मानसिक स्वस्थ प्रवद्र्धन गर्ने वस्तुको रूपमा रहेको रहस्य खोल्न सफल देखिन्छ ।
पुस्तकले तिहारको सन्दर्भमा वैदिक सूर्य सिद्धान्तको गहिरो व्याख्या गरेको छ । हाम्रो तिहार सूर्य सिद्धान्तको महिमा गर्न स्थापित भएको गोप्यता खोल्दै पुस्तकमा सूर्य सिद्धान्तअन्तर्गत कसरी हाम्रो सम्पूर्ण शरीर सञ्चालनका ११+२ प्रणालीहरूको सूर्य सिद्धान्त व्याख्या भएको छ सोबारे प्रष्ट दृष्टिकोण दिइएको छ । अथर्ववेदमा आधारित तिहार मानव स्वास्थ्यमा प्रकाशको किरणको भूमिका, पौराणिक कथामा यमपञ्चक, वैदिक दीपावली उत्सव, तिहारको दियोले के भन्छ ? र तिहारको देन छपन्न भोग व्यञ्जन भन्ने व्यावहारिक अवधारणाले वैदिक ज्ञानबारे हाम्रो समाजलाई चुरो विषयवस्तु बुझ्ने अवसर दिने गरेको छ ।
त्यसमा पनि तिहार पर्व कसरी र किन योगको अभ्यास र तालिमको दृष्टिमा महत्वपूर्ण छ, दिदीभाइहरूको नाता कसरी पवित्र छ मात्र नभएर वेदमा सोमरस तथा सोमरस र जीवन विज्ञानबारेको परम्परागत ज्ञान पुस्तौंपुस्ता हस्तान्तरणमा तिहार पर्व कसरी सहायक हुन पुग्यो भन्ने चर्चा निकै घोचक र रोचक छ । दशैँ आफैंमा आफ्नो अहंकार आफैंले पहिचान गरेर नष्ट गर्ने अनि आफूले आफैँलाई सुधार्ने अवसर रूपी महान् यज्ञका रूपमा रहेको छ भन्ने प्रष्ट्याउँदै गर्दा दशैँजस्ता हाम्रा परम्परा र संस्कृति कसरी सम्पूर्ण मानव तथा लिंगमैत्री छन् सोबारे प्रष्ट गर्छ । मानव उत्थानका लागि प्रेरक प्रकृतिमैत्री अवधारणा हाम्रो समाजको भित्री तहसम्म पुर्याउन दशैँको भूमिकाबारे चर्चा गर्दै पुस्तकले दशैँको देनको रूपमा आएको चौरासी व्यञ्जन तथा खानपानका वैदिक विधिबारे चर्चा गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच