‘सन्देशलाई कला क्षेत्रले मनोरञ्जनात्मक तवरले प्रस्तुत गर्छ’

गीता अधिकारी
Read Time = 9 mins

मोफसलमा रहेर पनि कला क्षेत्रमा सक्रिय नाम हो देव महतो । चितवनमा रहेर उहाँले आफूलाई कला क्षेत्रमा संलग्न गराउँदै आउनुभएको छ । खासगरी थारू गीतका भिडियोमा एकक्षत्र राज गर्न सफल महतोले अभिनय गरेका थुप्रै गीतका भिडियो चर्चामा छन् । उहाँले केही नेपाली गीतका भिडियोमा पनि अभिनय गर्नुभएको छ भने धेरैजसो थारू गीतका रहेका छन् । दुई दर्जनभन्दा बढी गीतमा अभिन गरेर धेरैको मन मष्तिस्कमा बस्न सफल महतो गायक मिलन लामाको थारू गीत ‘हमार थारू गाउँमा हावा चलल’बाट यो क्षेत्रमा आफूलाई औपचारिक रूपमा होमनु भएको हो । यही गीतबाट अवार्डसमेत प्राप्तगर्न सफल हुनुभएको थियो । केही गीतमा कोरियोग्राफीसमेत गर्नुभएका महतो आफू अभिनयमै रम्ने बताउनुहुन्छ । ‘मखमली, तोर मायाक सागर, दिल कहे हरबार, यहसास मायाको, मोर जान लेगयील’जस्ता उहाँको अभिनय रहेका धेरै गीतका भिडियोलाई दर्शकले औधि मन पराएका छन् । उहाँले सृष्टि खडका, पूर्जा शर्मा, उषा उप्रेतीलगायतसँग स्त्रिन शेयर गर्नुभएको छ । चितवनमा रहेको नाटेश्वर नृत्य संघमा बुद्धिराम चौधरीबाट नृत्य सिक्नुभएका उहाँले नेशनल थारू मोडलको अवार्डसमेत आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । थारू कला क्षेत्रमा लागेर थारू संस्कृतिलाई राष्ट्रियस्तरमा स्थापित गर्न पुर्‍याएको योगदानका लागि उहाँलाई विभिन्न मान, सम्मान र पुरस्कार प्राप्त भएका छन् । सन्देशलाई कला क्षेत्रले मनोरञ्जनात्मक तवरले प्रस्तुत गर्छ भन्नुहुने देव महतोसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-

यतिबेला के गर्दै हुनुहुन्छ ?
कला क्षेत्रमा नै आफूलाई समर्पित गर्दै आएको छु । आफूलाई पूर्णरूपमा यही क्षेत्रमा संलग्न गराएको हुनाले यही क्षेत्रसँगका कार्यमा आफूलाई व्यस्त बनाउँदै आएको छु । केही नयाँ गीतको भिडियोको पनि तयारी भइरहेको छ ।

कसरी आउनुभयो यो क्षेत्रमा ?
म गाउँघरमा नृत्य गर्थे । गायक मिलन लामाको थारू गीत ‘हमार थारू गाउँमा हावा चलल’मार्फत म यो क्षेत्रमा आए । गायक लामाले नै मलाई यो क्षेत्रमा ल्याउनुभएको हो भन्दा हुन्छ । उहाँले सुरुमा जोड गर्नुभयो । ‘तिमी सक्छौ यति राम्रो नृत्य गर्छौ’ भनेर उहाँले मलाई यो क्षेत्रमा ल्याउनुभयो । उहाँको गीतमार्फत मैले यो क्षेत्रमा डेब्यु गरे । अहिले फर्केर हेर्दा राम्रै भएको छ । यही गीतबाट पहिलो अवार्ड पनि प्राप्त भयो । आफूलाई अझै निखार्दै म यो क्षेत्रमा निरन्तर छु ।

घरपरिवारको कतिको सर्पोट थियो ?
सुरु-सुरुका दिनमा त यो क्षेत्रभन्दा अन्य क्षेत्रमा लागे हुन्थ्यो भन्ने उहाँहरूको मनसाय थियो । तर, अहिले भने राम्रै मान्नुभएको छ । उहाँहरू खुशी हुनुहुन्छ ।

अहिलेसम्म कति जतिमा अभिनय गर्नुभयो ?
दुई दर्जनभन्दा बढी गीतका भिडियोमा अभिनय गरेको छु ।

यहाँले अभिनय गरेका गीतका भिडियोलाई दर्शकले मन पराएको छन् । चलचित्रका अभिनेत्रीहरूसँग पनि स्क्रिन शेयर गर्नुभएको छ, एउटा सफलता प्राप्त गर्दै गर्दा के कुरा आवश्यक हुन्छन् भन्ने लाग्छ सफलताका लागि ?
तपाईंले भनेजस्तै मैले अभिनय गरेका भिडियोलाई दर्शकले मन पराइ दिनुभएको छ । खुशी लाग्छ । यो साथसहयोग सदैव भइरहोस भन्ने चाहन्छु । अर्को कुरा ठूलो पर्दाका अभिनेत्रीहरूसँग स्क्रिन शेयर गरेको कुरालाई पनि दर्शकले राम्रै मन पराइदिनुभएको छ । जहाँसम्म सफलताको कुरा छ मैले यो क्षेत्रमा अझै धेरै गर्न बाँकी छ जस्तो लाग्छ । मुख्य कुरा क्षमता र अनुसाशन हुनुपर्छ भन्ने मलाई लाग्छ । आफ्ना हरेक प्रस्तुतिमा नयाँ नयाँ क्रियशन दिनुपर्छ । सबैभन्दा ठूलो कुरा काम हो । आफू सन्तुष्टि हुनुपर्छ ।

ठूलो पर्दामा अभिनय गर्ने सोच बनाउनुभएको छैन ?
सोच त छ । केही प्रस्ताव पनि आएका छन् । हेर्दै जाउ, के हुन्छ ।

कस्तो फिल्मका अफर आए गर्नुहुन्छ ?
खाशै मेरो डिमाण्ड छैन । मुख्य कुरा व्यानर, टिम र स्टोरी राम्रो हुनुपर्छ । म जस्तो भूमिका पनि निर्वाह गर्न तयार छु । मलाई भूमिकामा समस्या छैन ।

थारू गीतमा नै बढी यहाँको अभिनय रहेको पाइन्छ नि ?
म यही क्षेत्रको मान्छे हुँ । आफ्नो भाषा, साहित्य कला संस्कृति जर्गेना गर्ने जिम्मा हाम्रै हो । नेपाली हाम्रो राष्ट्रिय भाषा हो भने थारू मातृभाषा हो । थारू संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्नु मेरो मुख्य कतव्र्य हो जस्तो लाग्छ । त्यसैलै पनि आफ्नो भाषा संस्कृतिलाई जगर्ने गर्दै यसको व्यापकताका लागि मैले यही भाषाका धेरै गीतमा अभिनय गरेको छु । फेरि म जुन मूलबाट आए त्यसमा केही बढी हुनु स्भाविक नै हो, होइन र ? नेपाली भाषामा पनि गरेको छु । मन पराइदिनुभएको छ । आउँदा दिनमा पनि नेपाली भाषाका पनि आउनेछन् । थारू भाषाका पनि आउनेछन् ।

यसक्षेत्रमा लागेर खुशी नै हुनुहुन्छ ?
आफूले चाहेको क्षेत्रमा सधैं खुशी मिल्दोेरहेछ । जहाँ नयाँ–नयाँ कुरा सिक्न पाएको छु । साथीहरू पाएको छु । दर्शकको माया र हौसला पाएकै छु । रोजेको क्षेत्रलाई करिअर बनाएको छु ।

कला क्षेत्र मनोरञ्जनमात्रै हो त ?
होइन, कला क्षेत्रअन्तर्गतका नाटक, टेलिफिल्म र चलचित्र त समाजलाई बाटो देखाउने, नैतिकता सिकाउने, हिम्मत बढाउने, दोषीले उन्मुक्त हुन नदिने, माया–प्रेम नै मानव समुदायको पहिचान हो भन्ने कुराको बोध गराउने माध्यम हुन् । यस्ता सन्देशलाई कला क्षेत्रले मनोरञ्जनात्मक तवरले प्रस्तुत गर्छ ।

यहाँको लक्ष्य र उद्देश्य  ?
मेरो सपना र विपना यही क्षेत्र हो । यही क्षेत्रमा आफूलाई अझै धेरै परिस्कृति गर्दै अझ राम्रो गर्ने कोसिसमा रहनेछु हरसमय ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Naresh chaudhary
Naresh chaudhary
2023-09-13 12:54 pm

Dherai ramro soch bichar vayeko tharu actor Haru ma eauta namuna KO rup ma aaepugnu vayeko rahexa Mr.dev Mahato aagami din ma pni ramro hoss ani ajhai pni aafu lai agadi badhaudai Janus hamro sath support sadhai xa tpai ko laagi…♥️♥️♥️

Last edited 7 months ago by Naresh chaudhary

रिलेटेड न्युज

छुटाउनुभयो कि ?